Comments Add Comment

ताप्लेजुङमा मतदान केन्द्रमै बम विस्फोट, सुरक्षा नभएसम्म कर्मचारीले काम नगर्ने

९ मंसिर, ताप्लेजुङ । जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविको मतदान स्थलमै बम बिष्फोट भएको छ ।

आइतबार हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

मतदाता लाइन लाग्ने ठाउँ बनाउनका लागि बाँस गाड्ने क्रममा जमिनमुनि गाडिराखेको बम विस्फोट भएको मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताए ।

ठूलो आवाजसहित बम विस्फोट भए पनि मानवीय क्षति भने भएको छ्रन । तर, नजिकै मतदाता परिचय पत्र वितरण गरिरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको अधिकृत नेपालीले जानकारी दिए ।

विद्यालयको भवन अघि खेलमैदानमा म्यादि प्रहरी, कर्मचारीसहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा जमिनमुनि गाडेको भड्डु (खाना पकाउने भाँडा) बम विस्फोट भएको प्रहरीले बताएको छ ।

बम पहिलेनै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पड्किएको हुन सक्ने प्रहरीको भनाइ छ ।

यस अघिको स्थानीय तहको निर्वाचनमा सोही स्थानमा मतदाता उभिएर लाइनमा बस्ने गरी केन्द्र निर्माण गरिएकोले अहिले पनि सोही अनुसार निर्माण हुने अनुमान गरी चुनाव विरोधीले बम राखेको हुनसक्न प्रहरी निरीक्षक होमनाथ दाहालले बताए ।

यता बम चुनाव बहिस्कारमा रहेको विप्लब नेतृत्वको नेकपाले राखेको आशंका गरिए पनि नेकपाका ताप्लेजुङ ईन्चार्ज आसिसले बम विस्फोटका विषयमा आफूलाई जानकारी नभएको भन्दै घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताए ।


काम गरिरहेको समय बम पड्किएपछि काम छाडेर कर्मचारी कार्यस्थलबाट बाहिर निस्किएका छन् ।

बम विस्फोटका कारण कर्मचारीमा मानसिक रुपमा काम गर्न तयार नभएको र केही कर्मचारीको श्रवण शक्तिमा समस्या भएका कारण सुरक्षा निकाय र मुख्य निर्वाचन अधिृतको कार्यालयले काम गर्ने वातावरण तयार नभएसम्म काममा फर्कने अबस्था नरहेको मतदान अधिकृत कुबेर नेपालीले बताए ।

अहिले बम विस्फोट भएको स्थानको नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment