१० मंसिर, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत रामेछापमा पनि विहानबाटै मतदान सुरु भएको छ ।
बिहान ७ बजेदेखि जिल्लाकमा सबै मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदाताले तोकिएको मतदान केन्ऽमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
मतदानको लागि बिहान ७ बजे अघिनै मतदाताहरु मतदान केन्द्रमा पुगि सकेका छन् । बिहान चिसो भएको कारण विहानै भने मतदाताहरुको मदानकेन्द्रमा कहे कम उपस्थिति देखिएको छ ।
जिल्ला सदरमुकाम मन्थलीको हवाई मैदानमा रहेको मतदान केन्द्रमा विहान मतदाताहरुको न्यून उपस्थिति रहेको भए पनि विस्तारै मतदान गर्न जानेहरुको संख्या बढेको छ ।
मन्थलीको मनकामना मावि मतदान केन्द्रबाट वाम गठबन्धका प्रतिनिधिसभा उम्मेदवार श्यामकुमार श्रेष्ठले बिहानै मतदान गरेका छन् ।
यसै गरी राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीले मन्थलीको हवाई मैदान मतदान केन्द्रबाट पहिलो मत खसालेका छन् ।
निर्वाचनको क्रममा कुनै पनि अपि्रय घटनाहरु भएका सूचनाहरु आएका छैनन् । जिल्लाका ९० मतदान स्थलका १ सय ९१ वटै मतदान केन्द्रमा विहान ७ बजेदेखिनै मतदान सुरु भएको रामेछापका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
रामेछापमा यो निर्वाचनमा १ लाख ५२ हजार ५ सय ५९ मतदाताले भाग लिदै छन् । जिल्लाको ९० मतदान स्थलमध्य १४ अतिसम्वेदनशिल, २३ सम्वेदनशिल र ५३ सामान्य अवस्थामा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
अति सम्वेदनशिल मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको समयमा मतदान स्थलमा हुन सक्ने अपि्रय घटनाहरुलाई मध्यनजर गर्दै रामेछापमा २ हजार २ सय भन्दा बढी सुरक्षा कर्मी खटिएका छन् ।
यसैगरी प्रहरी निरिक्षकहरुको कमाण्डमा घुम्ती सुरक्षा टोली समेत खटिएको र त्यसलाई नेपाली सेनाले समेत पछाडिबाट सहयोग गरिरहेको प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया 4