+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश नं. ७ का चार जिल्लामा मतदान सुरु

 रामहरी ओझा रामहरी ओझा
२०७४ मंसिर १० गते ९:३०
बैतडीको विरेन्द्र मावि मतदान केन्द्र ।

१० मंसिर, डोटी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरण अन्तरगत प्रदेश नं. ७ का चार जिल्लामा मतदान सुरु भएको छ । दार्चुला, बैतडी, बझाङ र बाजुरामा प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

चार जिल्लामा रहेका पाँच सय ७१ मतदान केन्द्रमा मतदान सुरु भएको सुदूरपश्चिम क्षेत्रीय उपप्रशासक शंकर बिष्टले जानकारी दिए । ‘केही मतदान केन्द्रमा तयारी गर्दागर्दै अलि ढिलो गरी मतदान सुरु भएको खबर आएको छ,’ बिष्टले भने ‘अब सबैमा सुरु भइसकेको छ र सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।’

दार्चुलाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जिल्लाका एक सय २९ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि एकसाथ मतदान सुरु भएको जानकारी दिए । मतदान गर्न उत्साहित भएका मतदाताहरु बिहानैदेखि लाइनमा बसेको उनले बताए ।

यस्तै बैतडीमा एक सय ८२, बझाङमा एक सय ६० र बाजुरामा एक सय मतदान केन्द्रमा मतदान सुरु भएको सम्वन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।

बैतडीको निङ्गलासैनी मावि मतदान केन्द्र ।

दार्चुला प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि १० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस जिल्लामा ७८ हजार पाँच सय १२ मतदाताले मतदान गर्दैछन् ।

यस्तै बैतडीमा प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि सात, बझाङमा प्रतिनिधि सभाका लागि ७ र प्रदेश सभाका लागि १०, बाजुरामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि आठ गरी जम्मा ५५ उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

बैतडीमा एक लाख ३२ हजार तीन सय १७, बझाङमा एक लाख चार हजार दुई सय ७५ र बाजुरामा ६९ हजार आठ सय ३४ चारवटै जिल्लामा तीन लाख ८४ हजार नौ सय ३८ मतदाताले भोट खसाल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?