Comments Add Comment

हट सिन दिन जब करिनाले सिग्रेट र रक्सी पिइन्

अभिनेत्री करिना कपुर अहिले कुनै पनि फिल्ममा इन्टिमेट सिन दिन हिच्किचाउँछिन् । सैफ अली खानसँग बिहे गरेयता उनी यस्ता सिनबाट टाढा रहँदै आएकी छिन् ।

तर विवाहभन्दा पहिला करिना निकै बोल्ड थिइन् । फिल्म ‘हिरोइन’ को कुरा गरौं । मधुर भण्डारकर निर्देशित यस फिल्ममा करिनाले अर्जुन कपुरसँग हट सिन दिएकी थिइन् । यो फिल्मका लागि तयार हुन उनलाई निकै समय लागेको थियो ।

यो सिनको सुटिङका लागि एउटा फाइभ स्टार होटल बुक गरिएकोउ थियो । सुटिङभन्दा अगाडि करिनाले सिगरेट पिइन् । अनि आफ्नो भूमिकामा खरो उत्रिनका लागि दारु पनि पिइन् । त्यसपछि बल्ल अर्जुन र करिनाबीच रंगीन दृष्य छायांकन गरिएको थियो । यो दृष्यले मिडियामा निकै चर्चा पाएको थियो ।

एक वेवसाइटका अनुसार यो सिन सुटिङ गर्दा सेटमा अर्थात् होटलको कोठामा निर्देशक, हिरो-हिरोइन र डाइरेक्टर अफ फोटोग्राफी सहित एकाध असिस्टेन्ट मात्र थिए ।

सुरुमा करिना यो सिन गर्न आनाकानी गरिरहेकी थिइन् । तर निर्देशक भण्डारकरले उनलाई मनाएका थिए । फिल्म फ्लप नभए पनि यो सिनको चर्चा व्यापक भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment