+
+

अष्ट्रेलियामा घरेलु हिंसा नियन्त्रणका लागि दिदीबहिनी समाज सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ११ गते १२:०५

२७ नोभेम्बर, मेल्बर्न । दिदीबहिनी समाज भिक्टोरियाले बढ्दो घरेलु हिंसा न्यूनिकरणका सम्भाबित उपाय र रोकथामलाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका नेपाली र अस्ट्रेलियाली विज्ञहरुको सहभागितामा घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले पितृसत्तात्मक संस्कारबाट आएको कारण हाम्रो समाजको घरेलु हिंसामा नेपाली संस्कारले निरन्तरता पाएको बताए ।

नकारात्मक शक्ति बढी भएकाले जथाभावी लेख्ने र बोल्ने कामले सामाजिक हिंसा बढाउनेतर्फ इंगित गर्दै संस्थाको स्थापना कालदेखि नै यस्का उद्धेस्य प्राप्ती कार्यमा आफ्नो पूर्ण सहयोग रहेको र यस्लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।

मोरल्याण्ड सिटी काउन्सिलका मेयर जोन कभानाघले दिदीबहिनी समाज भिक्टोरियाद्धारा गरिने कार्यक्रम प्रभाबकारी हुने भएकोले काउन्सिल योसँग मिलेर काम गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्ता कार्यक्रमहरुमा सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा इन टच मल्टिकल्चरल सेण्टर अगेन्स्ट फेमिली भायलेन्सका एक्जेक्युटिभ प्रोग्राम मैनेजर श्रीमती रोशन भण्डारी, अस्ट्रेलिया पुलिसका घरेलु हिंसा युनिटका सिनियर सर्जेण्ट तानिया गलाघर, नर्दन कम्युनिटी लेगल सेण्टरका मैनेजर हिथर म्याक्लिन, साइकिआट्रिस्ट कन्सल्ट्याण्ट डा. अनुपम पोखरेल, बेरी स्ट्रीटका घरेलु हिंसा प्राक्टिसनर शोभा लम्सालले आ-आफ्नो क्षेत्रबाट बिशेष प्रस्तुती गरेका थिए ।

प्रस्तुतिपछि प्रदान गरिएको केस स्टडीमा समूहगत छलफल गरी समस्या समाधानमा आफूले के योगदान गर्न सकिने भनी सुझाबहरु सुझाइएका थिए ।

दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीद्धारा स्वागत गरिएको र कोषाध्यक्ष प्रभा श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाका सभापति दुर्गा आचार्य, एनआरएन अस्ट्रेलियाका केन्द्रीय सदस्य निराजन गौली, एनआरएन भिक्टोरियाका सचिब गौतमा लामिछाने, क्रेगिबर्न नेपाली समाजका प्रेम प्रशाद कंडेल आदिको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?