Comments Add Comment

मोरङको दुई स्थानमा शंकास्पद वस्तु भेटियो

केराबारी–९, देवीझोडामा ५ सकेट बम र ३ ग्रिनेट भेटियो

११ मंसिर, बिराटनगर । मोरङको दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।

बिराटनगर–४ मा मुख्य सडकको बायाँतर्फको पेटीमा रातो कपडाले बेरेको अवस्थामा शंकास्पद वस्तु र केराबारी–९ मा बम भेटिएको हो ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ मा शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

केराबारी गाउँपालिका वडा नं. ९, देवीझोडामा सकेट बम ५ वटा र ३ वटा ग्रिनेट भेटिएको प्रहरीले पुष्टी गरेको छ ।

मोरङका प्रहरी प्रमुख अरुण विसीका अनुसार सोमबार बिहान प्रहरीले सर्च गर्ने क्रममा जंगलमो विष्फोटक पदार्थ भेटिएको हो ।

जंगलमा फेला परेको विष्फोटक पदार्थ डिष्पोज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment