+
+
Shares

‘बीग बोस’बाट सलमानले हटाए ‘कण्डोम’को विज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते १०:५७


नायक करण ग्रोवर र नायिका विपशा वासुले बिहेपश्चात एक विज्ञापनमा काम गरेका छन् । एक कण्डोम कम्पनीको विज्ञापनमा यी दुइले मोडलिङ गरे । जुन अहिले टेलिभिजनमा खुबै बज्ने गरेको छ । यो विज्ञापनमा करण र विपाशा आलिङ्गनमा वाँधिएका छन् ।

उक्त कण्डोमको विज्ञापन आएपछि धेरैले टीभी च्यानल पनि परिवर्तन गर्ने गर्छन् । सोही, विज्ञापन नायक सलमान खानले ‘बीग बोस’बाट हटाइदिएका छन् ।
यो शोको संचालक रहेका सलमानले पारिवारिक शोमा यस्तो विज्ञापन बज्दा अपाच्य हुने भन्दै हटाउन लगाएका हुन् ।

सलमानले कलर्स च्यानलाई यो विज्ञापन हटाउन सुझाव दिएका थिए । सलमानको सुझाव अनुसार नै कलर्सले यो विज्ञापन शोबाट हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?