+
+

दाङको तुल्सीपुरमा बम विष्फोट, म्यादी प्रहरीसहित ८ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते २०:३५
बम विष्फोटमा घाइते भएका एक व्यक्तिको उपचार गरिँदै ।

१२ मंसिर, घोराही । दाङको तुलसीपुरमा आज अज्ञात समूहले बम विष्फोट गराउँदा ८ जना घाइते भएका छन् । घाइतेमध्य एकजना म्यादी प्रहरीसहित २ जनाको अवस्था गम्भीर छ ।

तुलसीपुर उपमहानगरपालिका ५ ‘घ’ लाइनमा तुलसी बोर्डिङ स्कुल नजिक डिलाइट कर्नर पसल छेउमा बम बिष्फोट भएको थियो ।

बम विष्फोटमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १८ का १९ वर्षीय विनोद चौधरी, सल्यान बागचौरकी ४० वर्षीया देबी डिसी, सल्यान ढोरचौरका ४५ वर्षीय नरपति बुढाथोकी, बबई गाउँपालिका दाङका ३६ वर्षीय नेबबहादुर खत्री घाइते भएका छन् ।

अन्य घाइतेहरुमा शान्तिनगर गाउँपालिका २ दाङका हिमलाल रामजाली, तुलसीपुर उपमहानगरपालिका ७ की २३ वर्षीया जेनी डीसी र तुलसीपुर उपमहानगरपालिका ६ की १८ वर्षीया सुनिता चौधरी रहेका छन् ।

घाइतेमध्ये नाकमा चोट लागेका म्यादी प्रहरी चौधरी र ढाडमा चोट लागेको देबी डीसीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत् बाँकेको नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको अञ्चल अस्पताल तुलसीपुरमै उपचार भैरहेको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँडलगायतका नेताहरु चुनावी सभामा पुग्दै गर्दा करिब २ सय मिटर टाढा बम बिष्फोट भएको थियो । प्रत्यक्षदर्शीका अनुसार एकजना अज्ञात व्यक्ति बम फ्यालेर गएलगत्तै विष्फोट भएको थियो ।

अहिले तुलसीपुर क्षेत्रमा थप प्रहरी परिचालन गरी बम बिष्फोट गराउने समूहको खोजी कार्यलाई जारी राखिएको छ ।

तुलसीपुरको सभालाई सम्वोधन गरेपछि सदरमुकाम घोराही र लमही आएका प्रधानमन्त्री देउवाले करिब ३-३ मिनेटमात्रै सम्वोधन गरेका थिए । प्रधानमन्त्री सहितको कांग्रेस शीर्ष नेताहरुको टोली आजै काठमाडौं फर्किने भन्दै रुपन्देहीको भैरहवा विमानस्थलतर्फ प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?