Comments Add Comment

प्रधानमन्त्री देउवालार्इ जनार्दन शर्माको प्रश्नः ज्ञानेन्द्रलाई सत्ता सुम्पिएको होइन ?

१२ मंसिर, काठमाडौं । माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्माले ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सुम्पिएको बताएका छन् ।

काठमाडौं १ को वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले गाउँगाउँमा सबैलाई देउवाले ज्ञानेन्द्रलाई सत्ता सुम्पेको थाहा भइसकेको बताएका हुन् । ”देउवाले त वामपन्थीको सरकार आए अधिनायकवाद आउँछ भन्छन त भन्दै मलाई रुकुममा सोधियो,’ उनले भने,’त्यही प्रश्न गर्ने बुवाले मसँगै प्रश्न गर्नुभयो, तर ज्ञानेन्द्रलाई सत्ता सुम्पिने त शेरबहादुर देउवा नै होइनन् र ?’

सभामा छोटो सम्बोधन गरेका शर्माले सामाजिक न्याय सहितको समृद्धिका लागि वामपन्थी एकता सुरु भएको भन्दै अब देशमा समृद्धिको कायापलट हुने बताए ।

उज्यालो काठमाडौं बनाएर आफूले लोडसेडिङको अन्त्यसँगै सम्पूर्ण अध्याँरोहरुको अन्त्य गर्ने अभियान सुरु गरेकोले अब त्यसको पूर्णताका लागि एमाले र माओवादीका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment