Comments Add Comment

प्रवल गुरुङको डिजाइनमा सजिए इत्तेहाद एरवेजका क्याबिन क्रु

चर्चित नेपाली फेसन डिजाइनर प्रवल गुरुङको डिजाइनमा यसपाली इत्तेहाद एरवेजका क्याबिन क्रु मेम्बर सजिए, ग्रिड गर्लका रुपमा । प्रसंग अबुधाबीको यास मारिना सर्किटमा सम्पन्न फर्मुला वान रेसको हो । एयरवेजका सुन्दरीहरु प्रवलको ग्ल्यामरस डिजाइनमा सजिएर गि्रड गर्लका भूमिका निर्वाह गरेका थिए ।

गि्रड गर्ल भनेको रेसिङ ट्र्याकमा थप रोमाञ्चकता प्रदान गर्न खटिने सुन्दरीहरु हुन् । उनीहरुले आफ्नो ग्ल्यामर हाउभाउद्वारा कार्यक्रमको ‘शोभा’ बढाउँछन् । फर्मुला वानमा भाग लिन आएका च्याम्पिन रेसरहरुलाई न्यानो आतिथ्य दिने काम पनि उनीहरुकै हो ।

खासमा मोटरस्पोर्टस्कै एउटा पाटो हो, फर्मुला वान रेसिङ ।

कालो रंगको जम्पसुटमा ठाँटिउका गि्रड गर्लहरुले रेसिङ ट्र्याकमा बेग्लै रौनक थपेका थिए । इत्तेहाद एयरवेजका क्याबिन क्रुहरुले यो पहिरनलाई निरन्तरता दिनेछन् । गुरुङको यो डिजाइनलाई एयरवेजका क्रु मेम्बरले अन्य दिनमा पनि प्रयोग गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment