Comments Add Comment

‘माइ लभ’को आइटम गीत रिलिज


मंसिर २९ गतेबाट रिलिज हुने चलचित्र ‘माइ लभ’को एक आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा कलाकार गणेश लामा र शित्तल श्रेष्ठलाई फिचरिङ गरिएको छ । ‘सत्र बर्षे जोवन’ बोलको गीतमा अर्जुन मुसोङको शब्द र संगीत छ । मिना सिंहको स्वर रहेको गीतको भिडियोमा प्रदिप श्रेष्ठको कोरियोग्राफी छ ।

नेपालमा गएको विनाशकारी भूकम्पका कारण भएको क्षतीलाई भावानात्मक रुपमा चलचित्रमा जोडिएको छ । भूकम्पको समयमा सुरक्षाकर्मी र उद्दारकर्मीले खेलेको भूमिकालाई चलचित्रमा उठान गरिएको छ । चलचित्रमा गणेश लामा, शित्तल श्रेष्ठ, जापानीज कलाकार रिवन मित्सुतानीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment