Comments Add Comment

अनुभवको प्रमाणपत्र माग्दा घुस लिने इञ्जिनियर पक्राउ

१३ मंसिर, पोखरा । अनुभवको प्रमाणपत्र बनाइदिन घुस लिएको आरोपमा सिंचाई विकास डिभिजन कास्कीका इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको छ ।

सिंचाई कुलो निर्माण सम्पन्न भएर अनुभवको प्रमाणपत्र माग गरेर कार्यालयमा ठेकेदारले निवेदन दिएपछि उनले कमिसनको बार्गेनिङ गरेका थिए । पोखराको बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको सिद्धमा १ हजार ७ सय मिटर लम्बाईको टाकान्जा टार सिँचाई आयोजना डेढ करोड रुपैयाँको लागतमा बनाएको थियो ।

निर्माण सम्पन्नको प्रमाणपत्र माग गर्दा घुस मागेको भन्दै अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा निवेदन परेपछि अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालका अनुसार आयोजना गत असारमा निर्माण सम्पन्न भएर फरफारकसमेत भइसकेको अवस्थामा अनुभवको प्रमाणपत्र माग्दा उल्टै घुस मागेपछि अख्तियारबाट खटिएको टोलीले भुर्तेलको निवासबाट घुस लिएको रकम फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment