+
+
Shares

१३७ सिट जित्ने वाम गठबन्धनको दावी

पहिलो चरणमा ३२ र दोस्रोमा १०५ सिट जित्ने दावी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १४ गते १४:३८

१४ मंसिर, काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी गरेको छ ।

एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १३७ सिट जित्ने दावी गरेका हुन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले पहिलो चरणमा ३७ सिटका लागि भएको चुनावमा ३२ वटामा जित्ने दावी गरे । ”प्रत्यक्ष तर्फका १६५ मध्ये १३७ सीटजित्छौ,’ उनले भने,’पहिलो चरणमा चुनाव भएका ३७ मध्ये ३२ सीटमा जित्छौं, अब दोस्रो चरणमा हुने चुनावमा १२८ मध्ये एक सयदेखि १०५ सिटसम्म जित्छाैं ।”

महासचिव पोख्रेलले काठमाडौंका सबै क्षेत्र जित्ने दावी समेत गरेका छन् ।

यस्तै सोही अन्तरक्रिया कार्यक्रममा पोख्रेलले सुरक्षा सम्बन्धी सरकार गैरजिम्मेवार रहेको भन्दै शंका व्यक्त गरेका छन् ।

उम्मेदवारहरुलाई लक्षित गरी बम पड्किरहेको बेला गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमै विस्फोटक बस्तुहरु भेटिएको भन्दै उनले शंका व्यक्त गरे । ”विप्लवले बम विष्फोट गरेको भए जिम्मा लिनु पर्ने हो,’ उनले भने,’सरकार गम्भीर छैन, गुल्मीका कांग्रेस कार्यकर्ताकेा घरमा विष्फोटक बस्तु भेटिएको छ, त्यो किन राखिएको हो ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?