Comments Add Comment

७ प्राकृतिक टिप्सः कोलोस्टोर घटाउने

अहिले धेरैको टाउको दुखाईको बिषय हो, कोलोस्टोर । हरेक जसो घरमा कोहि न कोही कोलोस्टोरको समस्या झेलिरहेकै हुन्छन् । बढ्दो उमेरसँगै यो समस्याले गाँज्न थाल्छ । आखिर किन हुन्छ कोलोस्टोर ?

खासमा खानामा कार्बोहाइड्रेट र बोसोको मात्रा बढी भएपछि कोलोस्टोरको समस्या हुन्छ । कोलोस्टोर बढ्नु भनेको मुटुको जोखिम निम्त्याउनु हो । त्यसैले कोलोस्टोर लेभल नियन्त्रित राख्नुपर्छ । यसका लागि चिन्ता गर्नुपर्दैन कि, एउटा सहज उपाय अपनाएर कोलोस्टोर लेभल नियन्त्रण गर्न सकिनेछ ।

धुमपान नगरौं

लगातार धुमपानले मुटुको धमनियको भित्री पत्र नष्ट गर्छ । चुरोटमा कार्सीनोजेन र कार्बन मोनोअक्साइड हुन्छट । यसले रगतमा कोलेस्टोरको मात्रा बढाइदिन्छ । खासमा धुमपानले ब्याड कोलेस्टोर बढाउँछ । र, गुड कोलेस्टोर घटाउँछ । यो असन्तुलन हुनु स्वस्थ्यका लागि जोखिमयुक्त हो ।

नियमित व्यायाम गरौं

यदि हामीलाई हाई कोलोस्टोरको समस्य छ भने, व्यायाम गर्नुपर्छ । नियमित व्यायाम गर्नु त कोलोस्टोर नियन्त्रणदेखि अन्यमा पनि फाइदाजनक छ । यदि त्यसो गर्न सकिएन भने हप्तामा चार दिन मात्र पनि राम्ररी व्यायम गर्नुपर्छ । यसले कोलोस्टोर लेभल नियन्त्रण गरिदिन्छ ।

ट्रान्स फ्याटबात बचौं

ट्रान्स फ्याट स्वास्थ्यका लागि राम्रो होइन । यसले गर्दा अन्डाको पहेंलो भाग, फ्राइड फुड, क्रिमयुक्त चिज खानेकुराबाट बच्नुपर्छ । यी सबैले ब्याड कोलेस्टोर बढाउँछ । यसको साटो ड्राइ ट्स, माछा वा लो फ्याटको दुधजन्य परिकार सेवन गर्न सकिन्छ ।

मदिरा सेवन नगरौं

कहिले कहि जमघटमा थोरै वा नियन्त्रित मदिरा पिउनु खास हानिकारक मानिदैन । यद्यपी नियमित वा एकसाथ धेरै मदिरा पिउनु भनेको ब्याड कोलेस्टोरलाई बढाव दिनु हो । खासमा मदिराले मोटोपन बढाउँछ ।

तौल नियन्त्रण गरौं

तौल बढी छ भने त्यसलाई नियन्त्रण गर्नैपर्छ । तौलको अनुपात आफ्नो उचाईको आधारमा तय गर्न सकिन्छ । यसरी तय गरिएको तौल आवश्यकभन्दा बढी छ भने त्यसलाई रोक्नुपर्छ । यसका लागि हल्का व्यायाम, खेलकुद, पैदल यात्रा आदिमा जोड दिनुपर्छ ।

माछाको सेवन गरौं

माछामा ओमेगा थ्रि फ्याटी एसिड हुन्छ । यसले मुटुलाई एकदमै स्वस्थ्य राख्छ । आधा कप पालुङ्गो नियमित सेवन गर्दा हृदयघातको समस्या हुँदैन ।

के हो कोलोस्टोर ?

रगतमा पाइने बोसो (फ्याट) हो, कोलोस्टोर । खासमा स्वस्थ्य  जीवनका लागि यो आवश्यक हुन्छ । तर, चाहिनेभन्दा बढी भयो भने त्यसले बाधा पुर्‍याउँछ । अर्थात रगत जम्छ । यसरी जगत जमेपछि मुटुको कार्यसंचालमा अवरोध हुन्छ ।

यो शरीरलाई आवश्यक हुन्छ । किन त ? किनभने यसले  शरीरको क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्बाह गर्छ । यसले कोशिकामा पर्खाल निर्माण गर्छ र विभिन्नखाले हर्मोन्सलाई सन्तुलित गर्छ । यसमा एचडीएललाई राम्रो कोलोस्टोर र एलडीएललाई नराम्रो कोलोस्टोर भनिन्छ ।

एलडीएललाई किन खराब कोलोस्टोर भनिन्छ त ?

किनभने यसले कोरोनरी धमिनीमा अवरोध उत्पन्न गर्छ । जसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ र हृदयघातको संभावना रहन्छ ।

एचडीएल कोलोस्टोर चाहि यसकारण राम्रो मानिन्छ कि, यसले धमिनीमा अवरोध आउनबाट रोक्छ ।

रगतमा किन कोलोस्टोर बढ्छ ?

यसमा तीनवटा कारण हुन्छन् ।

१. कोलोस्टोर बढ्ने खाना अर्थात वोसोयुक्त खाद्य पदार्थको अधिक तथा लगातार सेवन ।

२. मोटाबलिक सिस्टम जब एलडीएलको मात्रा पर्याप्त रुपमा रगतबाट बाहिर निस्कन पाउँदैन, तब रगतमा एलडीएलको स्तर बढ्छ ।

३. जब कलेजोले कोलोस्टोर अधिक मात्रामा उत्पादन गर्छ ।

(यी कारणहरुलाई नियन्त्रण गर्ने हो भने शरीरमा कोलोस्टोरको मात्रा बढ्दैन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment