+
+
Shares

निन्द्रा लाग्दैन ? यसरी पाउने गहिरो निन्द्रा

आखिर किन खोसिदैछ त हाम्रो निन्द्रा ?

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १५ गते १२:०२

अहिले धेरैजसो निन्द्राको चक्की चपाएपछि मात्र ओछ्यानमा पल्टन्छन् । अर्थात अनिन्द्राले अहिले धेरैलाई सताएको छ । भनिन्छ, परापूर्व कालमा हाम्रा पूर्खाहरु आँखा चिम्लनसाथ निदाउथे ।

तर, अहिले निदाउनका लागि निकै कसरत गर्नुपर्छ । ओछ्यानमा पल्टिएर पनि निन्द्रा लाग्दैन । मन औडाह हुन्छ । बेचैन हुन्छ । नानाथरी कुराले मनमा झुत्ती खेल्न थाल्छ ।

आखिर किन खोसिदैछ त हाम्रो निन्द्रा ?

किनभने हामीमा आकंक्षा बढेको छ । प्रतिस्पर्धाको भावना बढेको छ । करियर, सफलता, असफलता, नाफा, घाटा, मिलन, विछोड सबै कारणले हाम्रो मन उथलपुथल बनाइरहेको छ । यसैले निन्द्रा भगाउँदैछ । त्यसबाहेक कतिपय शारीरिक रोग अनिन्द्राको कारण बन्दैछ । जबकी अनिन्द्रा आफैमा रोग बन्दैछ । यसले शरीरमा अनेकौ समस्यालाई निम्तो दिन्छ ।

भनिन्छ, स्वस्थ्य जीवनका लागि गहिरो निन्द्रा आवश्यक छ । जसरी स्वास्थ्य खानेकुरा र सन्तुलित जीवनशैलीको आवश्यक छ । गहिरो निन्द्रा, जो हरेक दिन सात देखि आठ घण्टाको हुनुपर्छ । तर, यस्तो निन्द्रा कसरी पाउने ?

यहाँ सामान्य विधी दिइएको छ । यो नै निन्द्राको अचुक विधी नहुन सक्छ । यद्यपी यसलाई नियमित रुपले अभ्यास गर्दै गयो भने केहि सकारात्मक नतिजा प्राप्त हुन्छ नै ।

१. बिस्तारै बिस्तारै चार सेकेन्डसम्म नाकले सास लिने ।

२. ७ सेकेन्डसम्म सास रोकेर राख्ने ।

३. आठ सेकेन्डसम्म विस्तारै विस्तारै मुखले सास छाड्ने ।

यसले कसरी काम गर्छ ?

जब हामी तनावग्रस्त हुन्छौ, चिन्तित हुन्छौं, तब हाम्रो शरीरमा रगतमा एड्रेनालाइन नामक हर्मोनको मात्रा बढ्छ । यसले सास तेज र हल्का हुन्छ । जब हामी बिस्तारै बिस्तारै सास लिन्छौं । त्यसले मुटुको धड्कन सामान्य अवस्थामा फर्काउँछ । र, केहि मिनेटमा हामी शान्त हुन्छौ । यो सामान्य मनोविज्ञान हो ।

यो व्यायामले मस्तिष्कलाई पनि शान्त बनाउँछ । किनभने हाम्रो पुरा ध्यान सास नियन्त्रण गर्नेमा केन्दि्रत हुन्छ । त्यस समय हाम्रो नर्भस सिस्टम आफ्नो एक्टिभिटी कम गर्छ । यसले तनाव गायब हुन्छ र आनन्दित महसुष हुन्छ ।

यसले कसरी सहयोग गर्छ ?

यदि रातको समयमा कुनै कारणले निन्द्रा विथोलियो भने र फेरी निदाउन समस्या भयो भने ब्रीदिंग व्यायाम गर्नुपर्छ । कुनै प्रतिस्पर्धा, परीक्षा वा अन्र्तवार्तामा जानुअघि हतास भइयो भने पनि यस किसिमको विधी अपनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?