१ डिसेम्बर, सिड्नी । अष्ट्रेलियामा जनकलाकार खुसीराम पाख्रिन र माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको सम्झना गरिएको छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरुले पाख्रिन र दाहालको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको अायोजना गरेका हुन् ।
जनप्रगतिशील मञ्च अस्ट्रेलियाको आयोजनामा भएको कार्यक्रममा सँस्थाका प्रमुख सल्लाहकार शेषमणी शर्माले पाखि्रन र दाहालको मृत्युले श्रमजीवी वर्गहरुका लागि अपुरणीय क्षती भएको बताए ।
मञ्चका न्यू साउथ वेल्स राज्यका संयोजक चुन्ना क्षेत्रीको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा सँस्थाका सदस्य मुरारी लम्सालले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुको निधनले अष्ट्रेलियावासी नेपालीहरुलाई दुःखी बनाएको बताए ।
कार्यक्रममा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिव दीपक पाण्डेले नेपालको परिवर्तनको आन्दोलनमा पाख्रिन र प्रकाशको अभाव खड्किरहने बताए ।
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका संयोजक चुन्ना क्षेत्रीले दुवै जनाको योगदानको स्मरण भइरहने बताए ।
कार्यक्रममा सहभागीहरुले प्रकाश र पाखि्रनको तस्वीरमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए ।
प्रतिक्रिया 4