Comments Add Comment

न्यूक्यासलमाथि चेल्सीको सहज जित

१६ मंसिर, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा चेल्सीले न्यूक्यासलमाथि सहज जित हात पारेको छ ।

शनिबार भएको खेलमा चेल्सीले इडेन हजार्डको दुई गोलको मदतमा न्यूक्यासललाई ३-१ गोल हन्तरले हराएको हो । ३२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ तर, एक खेल कम खेलेको लिग लिडर म्यानचेष्टर सिटी भन्दा अझै ८ अंकले पछि छ ।

घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले १२ औं मिनेटमा नै गोल खाएको थियो । तर, कमब्याक गर्न सफल भयो । २१ औं मिनेटमा हजार्डले बराबरी गोल गरे ।

३३ औं मिनेटमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । ७४ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै हजार्डले चेल्सीको जित सुनिश्चित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment