Comments Add Comment

गौचन हत्याका मुख्य योजनाकार समीरमान पक्राउ

१७ मंसिर, काठमाडौं । व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्न्यात पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले ३२ वर्षीय गुण्डा नाइके बस्न्यातलाई चितवनबाट पक्राउ गरेको हो । सीआईबीले आइतबार नै पत्रकार सम्मेलन गरेर बस्न्यातलाई सार्वजनिक पनि गरेको छ ।

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।

लेनदेनको विवादका बस्न्यातले गौचनको हत्या गरेको प्रहरीको दाबी छ । सीआईबीले बस्न्यातको एउटा अडियो पनि सार्वजनिक गरेको छ, जसमा समीरमानले गौचनको हत्या आफ्नो योननामा भएको स्वीकार गरेका छन् ।

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्या तथा दावा लामामाथि गोली प्रहारमा समीरमान संलग्न रहेको प्रहरीले बताएको छ । गौचन हत्यामा संलग्न भनिएका मनोज पुन भने तिवारी हत्यापछि नै आफ्नो समूहमा नरहेको समीरको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment