Comments Add Comment

१०८ वर्षका लालबहादुरको प्रश्नः जंगलमा जीवन बिताउनेलाई चुनावको के चासो ?

टाँगीयाको आवाज- वस्ती व्यवस्थापन गरिदिनेलाई भोट

१७ मंसिर, सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका, टाँगीया बस्तीका लाल बहादुर पाण्डे एक सय आठ बर्षका भए । ९० सालको भुकम्पमा १७ बर्षका थिए उनी । मकवानपुरको पैत्रिक थातथलो बाढीले बगाएपछि उनको परिवार टाँगियाबस्ती आएको रहेछ ।

परिवारका एक्ला छोरा लालबहादुरले दुई विबाह गरे । जेठी बितेपछि उनी अहिले कान्छी श्रीमती र ६१ बर्षकी छोरी गँगादेवी राउतको सहारामा जिवन बिताउँछन् । चार छोरा र एक छोरी जन्माएका उनलाई बुढेसकालमा छोराहरुको साथ छैन । ‘दुवै श्रीमती गरी उनका छोरा-नाती जोड्दा ३७ जना पुग्छ’ उनकी छोरी गंगादेबीले हिसाब गरेर सुनाइन् ।

उनको घर टाँगीयाबस्ती मुख्य चोकमै छ । जितपुरसिमरा उपमहानगरले ८४ बिशेष सम्मानको व्यवस्था मिलाउन मेयर डा. कृष्ण पौडेल घरमा पुग्दा उनी घरको बार्तलीबाट सडकको चुनावी कोणसभा हेरिरहेका थिए ।

‘बा सन्चै हुन्हुन्छ ?’ मेयरको प्रश्नमा उनले भने, ‘के सन्चो हुनु, आँखा देख्दिन, कान अलिअलि सुन्छु, ।’ मेयरलाई कुनै पार्टीबाट भोट माग्न आएका सम्झीएछन क्यारे उनले, धेरै कुरा गर्न रुचाएनन् । मेयरले उनको कानैमा गएर भने, ‘म नगरपालीकाको मेयर, बा लाई औषधी उपचार र समस्या बुझन आएको ।’

उनले आफ्नो हेरचारको कुरामा खासै चासो ब्यक्त गरेनन्, यधपी बिस्तारै सुस्केरामा बोले , ‘मलाई त के चाहियो र बाबु, मर्ने बेलामा हरियो काँक्रो, बरु छोरानातीले अब यो जँगलबाट कहाँ जानुपर्ने हो ?’ उनलाई आफ्नो भन्दा पनि टाँगीयाका स्थानीयको चिन्ता रहेछ ।

टाँगीयावस्तीमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी भइरहँदा केटाकेटीदेखि नै हुर्के बढेको गाउँ छाडेर मर्नेबेलामा बसाइँ सर्नुपर्ने चिन्ताले उनलाई सताइरहेको रहेछ ।

आफ्नो जीवनकालमा खासै निर्वाचनमा सहभागी नभएका उनी देशमा सम्पन्न भएको धेरै निर्वाचनमा उनी जँगलको स्याहार र जीवन गुजारामा ब्यत्तित गरेको बताउँछन् । ‘हामीलाई त अरुको भन्दा पनि जँगलकै चिन्ता हुन्थ्यो, दिनभरी जँगल बृक्षारोपण गरेको त्यतीबेला ५ रुपैयाँ पाइन्थ्यो, दिनभरिको कमाईले बेलुकाको गर्जो टर्थ्यो ।’ उनले भने, ‘दुख धेरै गरियो, तर सुख कहिल्यै पाइएन ।’

उनलाई अबको चुनावमाा कुन पार्टीले जित्ला भन्दा पनि आफ्ना परिवारहरु कहाँ बसाई सर्नुपर्ने हो भन्नेमा छ । भन्छन्, ‘चुनाब जस्ले जिते पनि हामी जस्तो जँगलमा बस्नेलाई कस्ले हेर्ने ?’

टाँगियाको आवाजः वस्ती ब्यवस्थापन गरिदिनेलाई भोट

विमानस्थल बन्न लागेको मुख्य स्थान टाँगीयाबस्तीका स्थानीय निर्वाचनमा उम्मेदवारसँग अन्य बिकासे एजेण्डा भन्दा पनि आफ्नो बसोबासको उचित व्यवस्था मिलाइदिने आशामा छन् ।

चिया पसल चलाएर गुजारा गर्ने सुकुमायाँ तामाङ टाँगीयाको बिकास या निकासमा चिन्तित् छिन् । अघिल्ल्ाो धेरै चुनाबमा भोट हालेकी तामाङले यसपालीभने भोट हाल्न त्यति उत्साही छैनन् ।

‘भोट त कति हालियो कति, खै जितेपछि गाउँ कोही फर्किन्नन्’ उनले भनिन्, ‘अब त गरेर देखाउनेलाई भोट, हामी कहाँ जाने नेताले भनिदिनुपर्‍यो ।’

टाँगीयाका समाजसेवी रमेश सापकोटा पनि गाउँको निकास या बिकास गरिदिनेलाई भोट दिने बताउँछन् । ज्ािल्लादेखि केन्द्रसम्मनै गाउँको समस्या लिएर पुगेपनि गुनासो कसैले नसुनिदिएको गुनासो गर्ने उनलाई यो निर्वाचनले खासै उत्साही बनाएको छैन ।

टाँगीयामा बसोबास गर्ने १४ सय ७६ घरधुरीलाई अहिले विमानस्थल बन्ने भएपछि कहाँ जाने चिन्ताले सताएको छ । उनीहरु गाउँमा भोट माग्न आउने नेता र उम्मेदवारलाई बस्ती व्यवस्थापन गराई बालबच्चाको भविश्य खोजिदिन आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment