Comments Add Comment

गोलकिपरको गोलमा बेनेभेन्टोले रच्यो इतिहास

१७ मंसिर, काठमाडौं । गोलकिपर अल्बेर्टो बि्रग्नोलीले इन्जुरी टाइममा एसी मिलानविरुद्ध बराबरी गोल गरेका छन् र बेनेभेन्टोले सिरी एमा पहिलो पटक इटालियन जाइन्टसँग अंक खोसेको छ ।

बेनेभेन्टोले एसी मिलानसँग २-२ को बराबरी खेलेको हो । युभेन्टसबाट लोनमा आएका किपर बि्रग्नोलीले डानिलोको फि्रकिकमा हेड गोल गरेका हुन् ।

यो गोलसँगै अंक तालिकाको पुछारमा रहेको बि्रग्नोलीले १४ खेलको हारको यात्रामा पूर्ण विराम लगाएको छ । ‘गुमाउनु केही थिएन’ बि्रग्नोलीले भने, ‘मैले आँखा बन्द गरेँ र उफिर््र । यो फवार्डको होइन, गोलकिपरको गोल थियो । ‘

एसी मिलान अंक तालिकाको सातौं स्थानमा छ र १५ खेलबाट २१ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment