+
+
Shares

बाइपोलार डिसअर्डरः यस्तो स्थितीले जटिलता ल्याउन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते १२:५८

कहिले काहिं एकदमै खुसी हुने, कहिले एकदमै उदास हुने । कहिले हतास देखिने, कहिले रोमान्टिक । यस्तो मनोदसा कसरी आउँछ ?

सामान्यत हाम्रा परिवारका सदस्यमा पनि यस्तो समस्या हुनसक्छ । तर, हामीले त्यसको खास हेक्का राख्दैनौ । किनभने मान्छेको मुड सधै एकनास रहँदैन । कहिले खुसी हुन्छ, कहिले दुखी । कहिले उदास हुन्छ, कहिले उत्साहित । तर, यी स्वभाविक प्रवृत्तिभन्दा अलि भिन्नै किसिमको देखिएमा त्यसलाई सामान्य मान्न सकिदैन ।

कहिले बेपत्तासँग खुसी हुने, कहिले झोंक्राएर बस्ने समस्या मानसिक स्वस्थ्यसँग जोडिएको गंभिर कुरा हुन् । यसलाई बाइपोलर डिसअर्डर भनिन्छ । यस्तो समस्या कसलाई, किन, कसरी हुन्छ ? त्यसको निदान के छ त ?

बाइपोलार डिसअर्डरमा दुई किसिमको स्थिती हुन्छ, एक उदासी र अर्को प्रशन्नता । उदासी हुँदा व्यक्ति यति धेरै डिप्रेसनमा पुग्छन् कि आत्माहत्या जस्तो खतरनाक प्रयास गर्छन् । खुसीको चरणमा यति धेरै आत्माविश्वासले भरिन्छ कि, उसलाई सम्हाल्नै गाह्रो हुन्छ । दुबै स्थिती सामान्य होइन ।

डिप्रेसनको चरण

यस्तो चरणमा व्यक्ति अक्सर डिप्रेसनमा हुन्छन् ।

– पटक पटक आफैलाई पीडा दिन खोज्ने ।

– कुनैपनि काममा ध्यान नदिने । दिक्क मान्ने ।

भविष्यका लागि सधै चिन्तित रहने ।

–  झर्किने वा रिसाइरहने ।

– खुसीको माहोलमा पनि रमाउन नसक्ने ।

– तौल घटबड भइरहने ।

– आफुले आफैलाई अपराधी महसुष गर्नु ।

– कुनैपनि कुरा याद गर्न नसक्नु ।

मेनिया वा खुसीको चरण

यस चरणमा व्यक्ति आत्माविश्वासले भरिपूर्ण पाइन्छ । व्यक्तिमा यस्तो लक्षण देखिए तुरुन्तै चिकित्कसकहाँ देखाउनुपर्छ ।

–     एकदमै खुसी भएर कसैलाई पैसा बाढ्न थाल्नु ।

–     हरक्षण गीत सुनिरहनु ।

–     अत्याधिक साथी बनाउनु ।

–     रातभर जागा बस्नु ।

–     बिवाहित भएर पनि अर्कोसँग आकषिर्त हुनु ।

–     अफिस वा आफ्नो काममा अत्याधिक व्यस्त हुनु ।

–     छिटो-छिटो कुरा गर्नु ।

–     कुनैपनि कुरामा ध्यान नदिनु ।

किन यस्तो हुन्छ ?

यसको खास कारण देखिदैन । यो कहिले जेनेटिक त कहिले न्यूरोट्रान्समिटर इम्बैलेन्स, एबनर्मल थाइरड फंशन, हाइ लेबल अफ स्ट्रेस आदिको कारण हुनसक्छ ।

के छ उपचार ?

बाइपोलार डिसअर्डर पूर्ण रुपमा निको हुनसक्छ । मनोचिकित्सकको सहयोगले पीडित व्यक्ति पहिलेकै अवस्थामा र्फकन सक्छ ।

–     नियमित रुपले औषधी सेवनले पीडित स्वभाविक अवस्थामा र्फकन सक्छ ।

–     यस्ता व्यक्तिका लागि पर्याप्त निन्द्राको आवश्यक हुन्छ ।

–     औषधीका साथ नियमित थेरापी लिनुपर्छ, यसले चाँडै राहत मिल्छ ।

–     व्यायाम र योग, ध्यानले एकदमै प्रभावकारी हुनसक्छ ।

मिथक

धेरैले मान्ने गरेका छन् कि बाइपोलार डिसअर्डरले ग्रसित व्यक्ति सामान्य जीवनमा र्फकन सक्दैनन् । तर यो एकदमै गलत हो । भ्रम हो । यस किसिमको समस्याले ग्रस्त व्यक्ति पुन सामान्य जीवनमा र्फकन सक्छन् । यद्यपी त्यसका लागि परिवारका सदस्यहरुले सकारात्मक र सहयोगी भूमिका खेल्नुपर्छ ।

के भ्रम छ भने, २० बर्षभन्दा बढी उमेरकालाई बाइपोलार डिसअर्डर हुन्छ । तर, यो किशोरवयकालाई पनि यस्तो समस्या हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?