+
+
Shares

राजबल्लभले गरे प्रेमिकासँग बिहे

बिजय थापा बिजय थापा
२०७४ मंसिर १८ गते १४:१५

अमेरिकाको डिसी महानगर क्षेत्रको स्पि्रङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको बिवाह सम्पन्न भएको छ । डिसेम्वर ३ तारिख आइतवारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेकी प्रेमिका प्रतिमा बिमलीसँग बिवाह भएको छ । प्रतिमा जीव चिकित्सा अभियन्ता (बायो मेडिकल इन्जिनियर) हुन ।

उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त, नातेदारसँग शुभचिन्तक, साहित्यकार, समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको शिलसिलामा अमेरिका पुगेका राजबल्लभ अहिले अमेरिकामै आइटीको काम गर्छन् । ‘पर्खि बसें’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेका राजबल्लभले पहिलो पहिलो माया, छोडी गए पाप लाग्ला, राघब लगायतका फिल्ममा काम गरेका राजबल्लभले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । तस्वीरः रमेश खनाल​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?