+
+
Shares

पनौतीबाट ‘झिंगेदाउ २’ को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक ज्ञानेन्द्र देउजाले चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सोमबारदेखि काभ्रेको पनौतीबाट सुरु गरेका छन्।
  • छायांकन ६० दिन काठमाडौं उपत्यका र अन्य स्थानमा हुनेछ र फिल्मको बजेट ३ करोड ५० लाख नेरु रहेको छ।
  • ‘झिंगेदाउ २’ फेन्टासी शैलीमा निर्माण हुनेछ र २०८३ सालको दशैंमा प्रदर्शन गरिने तयारी छ।

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले आफ्नो चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सोमबारदेखि थालेका छन् ।

काभ्रेको पनौतीदेखि सुरु छायांकन ६० दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चल्नेछ । पनौतीमा एकसाता छायांकनपछि टोली काठमाडौं फर्किनेछ ।

पहिलो दिन पूजाआजापछि केही दृश्यको छायांकन गरिएको जानकारी निर्देशक तथा निर्माता समेत रहेका देउजाले अनलाइनखबरलाई दिए ।

पहिलो दिन आर्यन सिग्देलसहितका कलाकारको दृश्यको छायांकन गरिएको छ । पनौती पछिको बाँकी सुटिङ काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहूँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका ठाउँमा खिचिनेछ ।

दोस्रो श्रृंखलामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुषको अभिनय हुनेछ ।

कथा देउजाकै हुनेछ । पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । विष्णु घिमिरे कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको नृत्य, अर्जुन पोखरेलको संगीत, मित्र गुरुङको सम्पादन हुनेछ ।

फिल्मको बजेट ३ करोड ५० लाख नेरु बताइएको छ । फिल्मको अघिल्लो भागले घरेलु बक्सअफिसमा साढे चार करोड हाराहारीमा कमाइ गरेको निर्माता समेत रहेका देउजाले जनाए ।

पहिलो भाग साहित्यकार भीमनिधि तिवारीको औपन्यासिक कृतिमा आधारित रहेपनि दोस्रो भाग भने फेन्टासी शैलीमा निर्माण हुने देउजाले बताए । ‘दोस्रो पार्ट तिवारीको कथामा आधारित हुनेछैन’ उनले भने ।

‘झिंगेदाउ २’ लाई २०८३ सालको दशैंमा ल्याउने तयारी भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?