+
+
Shares

हर्ष, जारी २, मनबिनाको धन, जेरी अन टपले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'हर्ष' ले पछिल्लो शनिबारसम्म घरेलु बक्सअफिसमा २८ लाख नेरु ग्रस कमाएको छ।
  • 'जारी २' ले सोही अवधिमा ६ करोड २३ लाख नेरु ग्रस कमाएको छ।
  • 'परान' को कूल कमाइ १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस पुगेको छ।

काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ ले पछिल्लो शनिबारसम्म घरेलु बक्सअफिसमा २८ लाख नेरु ग्रस कामएको छ ।

सोही अवधिमा फिल्मका ८ हजार ४३६ वटा टिकट बिकेका छन् ।

‘जारी २’ ले पनि पछिल्लो शनिबारसम्म ६ करोड २३ लाख नेरु ग्रस कमाएको छ । सोही अवधिमा फिल्मका २ लाख ७ हजार टिकट विक्री भएका छन् ।

‘मनबिनाको धन’ ले ३ करोड ७९ लाख नेरु ग्रस कमाएको छ । फिल्मका १ लाख ४५ हजार टिकट बिकेका छन् ।

‘जेरी अन टप’ ले १२ करोड २६ लाख ६ हजार २४० नेरु ग्रस कमाएको छ । यो फिल्मका ३ लाख ९१ हजार टिकट बिकेका छन् । अनमोल केसी स्टारर फिल्मले सोही दिनमा प्रदर्शनको ५१ दिन मनाएको थियो ।

सोही अवधिसम्म ‘परान’ को कूल कमाइ १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस छ । नीर शाह स्टारर फिल्मको कलेक्सन १७ करोड नाघिसकेको छ ।

सिनेपाः बक्सअफिसले २० मंसिर अर्थात पछिल्लो शनिबारसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?