Comments Add Comment

प्रेमी खोज्दै समुद्रमा बल फ्याँकेको ६ वर्षप्छि यस्तो जवाफ

एउटा बलमा आफ्नो नाम तथा नम्बर लेखेर समुद्रमा फ्याँकेको ६ वर्षपछि एकजना युवतीले त्यसको जवाफ प्राप्त गरेकी छिन् ।

अमेरिकाको दक्षिणी क्यारोलिनाकी हेली रबिन्स ले १२ वर्षकी छँदा ब्वाइफ्रेण्डको खोजी गर्दै एउटा सफ्टबलमा आफ्नो नाम तथा नम्बर लेखेर समुद्रमा फ्याँकेकी थिइन् । अहिले १८ वर्षकी हुँदा उनले बल्ल समुद्रमा फ्याँकेको उक्त बलको जवाफ प्राप्त गरेकी छिन् ।

समुद्रमा बल फ्याँकेको ६ वर्षप्छि मात्र त्यो बल कसैको हातमा पर्यो । बल फेला पार्ने ले आफ्नो नाम एडम बताउँदै उनलाई स्न्यापच्याटमा आफुले बल प्राप्त गरेको भन्दै मोबाइलमा मेसेज पठाए । हेली निकै खुसी भइन् । उनीहरु साथी बनिहाले ।

हेलीले एडम नाम बताउने मान्छेलाई स्न्यापच्याटमा आउन भनिन् । स्न्यापच्याटमा एडमले उक्त बलको फोटो नै पठाए ।

मायटल समुद्री तटीय क्षेत्रबाट हेली रबिन्स ले ६ वर्षअघि समुद्रमा फ्याँकेको सफ्टबल पठाउने एडम नाम भनिएका ती व्यक्तिसँग जब स्न्यापच्याटमा कुराकानी भयो त उनको स्न्यापच्याट अकाउन्टको नाम देखेर हेलीलाई शंका लाग्यो । अन्ततः त्यो मान्छे पुरुष नभएर एश्ले नामकी महिला रहेछिन् । ती महिलाले नै हेलीलाई आफु पुरुष हुँ भनेर झुक्याएकी रहेछिन् ।

६ वर्षको पर्खाइपछि आफुले प्रेमी फेला पारेको हेलीको खुसी लामो समयसम्म टिकेन । तर उनले आफ्नो यो कहानी शोसल मिडियामा शेयर गरेपछि निकै चर्चित बनेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment