+
+
Shares

काठमाडौंमा हिजोको तुलनामा जाडो घट्यो, हिमाली जिल्लामा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १९ गते ८:३०
फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । पश्चिम र मध्य क्षेत्रका हिमाली जिल्लाहरुमा हिमपात हुने पूर्वानुमान गरिएको छ । साथै पश्चिम नेपालमा छिटपुट वर्षाको सम्भावना पनि छ ।

मौसमविद सुवास रिमालले अनलाइनखबरसँग भने, ‘पूर्व, पश्चिम र मध्य क्षेत्रका एक-दुईवटा हिमाली क्षेत्रहरुमा मध्यमखालको हिमपातको चान्स छ ।’

रिमालका अनुसार अरब सागरमा चार-पाँच दिनदेखि सक्रिय ओक्सी चक्रवातको कारण नेपालको मौसममा प्रभाव परेको हो ।

मंगलबार बिहान काठमाडौं उपत्यकासहित मध्य र पश्चिम नेपालमा बिहानमा बदली भएको छ । अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्रमा दिउँसो घाम लाग्ने भएकाले जाडो बढ्ने सम्भावना रहेको रिमालले बताए ।

काठमाडौं उपत्यकामा भने हिजोको तुलनामा आज तापक्रम बढेको छ । हिजो बिहान साढे ६ बजे तापक्रम मापन गर्दा यस वर्षकै कम ५.८ थियो । सोही समयमा आज भने ६.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाडौं उपत्यकामा बिहान बादल लागेको छ । बादल लागेपछि तापक्रम केही बढ्ने भएकाले न्यानो महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?