Comments Add Comment

घरमा सजिलै उब्जाउन सकिन्छ अर्ग्यानिक तरकारी

हाम्रो भान्साका विषाक्त सागतरकारी भित्रिने गरेका छन् । तरकारीको माध्यामबाट हामी विष सेवन गरिरहेका छौं । अहिले अर्ग्यानिक तरकारी पाउन गाह्रो मात्र होइन, असंभव नै छ ।

सागतरकारी धेरै उत्पादन गर्ने वा छिटो पकाउने चक्करमा किसानले अत्याधिक किटासक औषधी लगायत विषादी प्रयोग गर्ने गरेका छन् । त्यही तरकारी बजार हुँदै हाम्रो भान्सामा आइपुग्छ । यसरी हामी विषाक्त सागतरकारी खान पुग्छौ, जसले अनेकौ शारीरिक समस्या निम्त्याउने गर्छ । क्यान्सरको कारण समेत बन्ने खतरा रहन्छ ।

यस्तो अवस्थामा अग्र्यानिक सागत रकारी कहाँ पाउने ?

जबाफ हो, तपाई/हाम्रै किचन गार्डेनमा । घरको बगैंचा, बार्दली, छत वा कुनै सानो स्थानमा सागतरकारी उत्पादन गर्न सकिन्छ । यसका लागि अरु केही चाहिँदैन, जाँगर भए पुग्छ । किनभने सागतरकारी रोप्न, उत्पादन गर्न ठूलो ठाउँ चाहिन्छ भन्ने छैन । सानै ठाउँमा पनि गमला वा बोरामा माटो र मल राखेर तरकारी रोप्न सकिन्छ ।

अब यसमा धेरैजसो यसकारण हच्किन्छन् कि, तरकारी रोप्ने समय छैन । विषाक्त तरकारी खरिद गर्ने समयको बचत गरेर आफ्नै बगैचा बनाउन सकिन्छ । महत्वपूर्ण कुरा त के भने स्वास्थ्यभन्दा ठूलो कुरा अरु केहि होइन । त्यसैले अन्य कामबाट समय बचत गरेर पनि घर बगैंचामा तरकारी लगाउनु उत्तम हो । यसबाट अरु के के फाइदा मिल्छ त ?

ताजा सागतरकारी

बगैंचा, बार्दली, छत आदिमा तरकारी रोपेपछि त्यो ताजा अवस्थामै सेवन गर्न सकिन्छ । कुनैपनि तरकारी ताजा सेवन गर्दा त्यसको पोषण तत्व पनि नष्ट हुँदैन । स्वाद त छँदैछ । साग, गोलभेडा, खुर्सानी, पुदिना, धनिया, हरियो प्याज आदि ताजा खान सकिन्छ ।

२. बिषरहित

आफुले उत्पादन गरेको तरकारीमा विष हुने कुरै भएन । यसको सबैभन्दा ठूलो फाइदा त स्वास्थ्यलाई छ । जब स्वस्थ्यकर सागतरकारी पाइन्छ भने, किचेन गार्डेन किन नबनाउने ?

३. सस्तो

बजारमा सागतरकारीको मूल्य आकासिएको छ । किसानले उत्पादन गरेको तरकारीमा हामीले किसानलाई मात्र होइन, व्यापारी एवं विचौलियालाई समेत पैसा दिनुपर्ने हुन्छ । अर्थात हामीले सेवन गर्ने तरकारी अस्वभाविक महंगो पर्न जान्छ । तर, आफैले उत्पादन गरेर सेवन गर्दा त्यो खर्च जोगिन्छ ।

तनावबाट मुक्त

बगैंचा भएपछि त्यसमा हामी समय व्यतित गर्छौ । कहिले गोडमेल, कहिले सिंचाईको काम गरिन्छ । यसले गर्दा हामी अनावश्यक कुरा सोच्दैनौ । हाम्रो तनावको स्तर पनि कम हुन्छ ।

सकारात्मक परिवर्तन

बगैंचा भएपछि फुर्सद हुनसाथ हामी त्यही समय विताउन थाल्छौ । रोप्ने, गोडमेल गर्ने जस्ता काममा क्रियाशिल भइन्छ । यसले गर्दा हाम्रो शारीरिक सक्रियता बढ्छ । अर्कोतिर आफैले उत्पादन गरेको कृषि उपजमा आफुलाई सन्तुष्ट प्राप्त हुन्छ, जुन सन्तुष्ट अरु कुराबाट नमिल्न सक्छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment