Comments Add Comment

शाहरुखबाट सिक्नुपर्छ, छोराछोरीलाई कस्तो कुरा सिकाउने ?

बलिउड बादशाह शाहरुख खान विश्वमै धेरै आर्जन गर्ने अभिनेतामध्येमा पर्छन् । उनी फिल्म अतिरिक्त विज्ञापनलगायत विभिन्न माध्यामबाट अर्बौ कमाउँछन् । शाहरुखको चर्चा चकलेटी अभिनेताको रुपमा त हुने नै भयो, त्यसबाहेक अरु कारणले पनि उनी चिनिन्छन् । जस्तो कि, उनको लक्जरियस लाइफस्टाइल । शाहरुखको बसोबास अति उन्नत र स्तरिय छ । मुम्बईमा उनी बस्ने मन्नतको बारम्बार चर्चा हुने गर्छ । मन्नत बाहेक उनको देश विदेशमा उच्च स्तरको बासस्थान छ ।

शाहरुखको चर्चा पारिवारिक भएको कारणले पनि हुनेगर्छ । उनी अत्यान्तै व्यस्त सेड्युलमा हुन्छन् । त्यसका बाबजुत पनि उनी आफ्ना परिवार, छोराछोरीका लागि समय खर्च गर्छन् । केहि समयअघि मात्र उनी सानो छोरो अबरामसँग होलिडे मनाएर मुम्बई फर्किए । एक पटक छोरी सुहाना खानलाई सामान्य दूब्र्यवहार गरेको निहुँमा उनले क्रिकेट मैदानमा उनी आफ्नो स्टारडम भुलेर प्रतिरक्षामा उत्रिएका थिए  । छोराछोरीप्रति उनको लगाव वास्तवमै अनुकरणिय छ ।

पत्नी र छोराछोरीका लागि बफदार अभिभावक हुन्, शाहरुख । त्यही कारण त हुनसक्छ, उनले पारिवारिक विज्ञापनमा पनि बढी नै मौका पाउँछन् ।

यसै मेसोमा उनले केही समयअघि आफ्नो जन्मदिनको अवसरमा पत्रकारहरुलाई निम्त्याएर निजी जीवनबारे चर्चा गरेका थिए । यहाँ उनको भोगाई र बुझाई प्रस्तुत गरिएको छ ।

अब बच्चाको लागि

पहिला म प्रार्थना गर्थ्रे कि, धेरै राम्रो काम गरौं । धेरै पैसा कमाउँ । धेरै नाम कमाउँ । तर, अब म प्रार्थना गर्छु कि, मेरा बच्चा सधै स्वस्थ्य रहोस् । राम्रो होस् । उनीहरुले नाम कमाउन्, पैसा कमाउन् ।

मलाई लाग्छ, श्रम हरेक समस्याको समधान हो ।

बच्चाबाट सिकौं

यो सत्य हो कि, जब बच्चा ठूला हुन्छन् । हुर्कन्छन् । उनीहरुबाट हामीले केहि न केहि सिकिरहेका हुन्छौ । उनीहरुको जीवनबाट उर्जा प्राप्त गरिरहेका हुन्छौ । खुसी प्राप्त गरिरहेका हुन्छौ । अहिलेका बच्चा त स्मार्ट हुन्छन् । उनीहरु कुनै सधै अग्रसर र इमान्दार रहने प्रयास गर्छन् ।

मैले पनि आफ्ना दुई ठूला बच्चा आर्यन र सुहानाबाट स्ट्रेट फरवार्ड कुरा गर्न सिकेको छु । मेरो सानो छोरा त अहिले पनि निकै सानै छ । मैले देखेको छु कि, बच्चाहरु आपसमा एकदम स्पष्टसँगले कुराकानी गर्छन् । उनीहरुमा छलकपट हुँदैन ।

कुनै कुरा अस्विकार गर्नमा पनि कतिपनि हिचकिचाउँदैनन् । मलाई त कुनै कुरा अस्विकार गर्नु दुई दिन लाग्छ । तर, यी बच्चामा एकदमै आत्माविश्वास हुन्छ ।

यदि कसैले भन्यो, ‘तपाईको हेयरस्टाइल राम्रो देखिएन ।’ तब म एकदमै डिस्टर्ब हुन्छु । त्यसलाई ठिक गर्नतर्फ लाग्छु । तर, बच्चाहरु यस्ता कुरामा खास ख्याल राख्दैनन् । मलाई लाग्छ कि, आउनेवाला पुस्ता इमान्दारी हुनेछन् ।

 

पोजेटिभ इनर्जी र ब्यालेन्स इन लाइफ

जब यत्तिका मानिसहरु आउँछन्, भेट्छन्, मित्रता गाँस्छन्, राम्रो कुरा गर्छन् । यसबाट पोजेटिभ इनर्जी आफै पैदा हुन्छ । तर, कुनैपनि खुसी वा सफलतालाई सन्तुलित राख्न सक्नुपर्छ । आफ्नो धरातल भुल्नु हुँदैन । किनभने मानिसको दिमाग खराब हुन समय लाग्दैन ।

फेमेली भ्यालुजको महत्व

आफ्नो परिवार पनि राम्रो र सकारात्मक हुन जरुरी छ । जस्तो कि, सबैलाई थाहा छ म एक मध्यमबर्गिय परिवारका हुँ । त्यसैले मेरा लागि फेमेली भ्याल्युजले धेरै महत्व राख्छ ।

बच्चालाई भन्छु, साधरण हुने प्रयास गर

म आफ्नो बच्चालाई भन्छु कि, जिन्दगीमा सामान्य हुन सिक । तिमी जति साधरण हुने प्रयास गर्छौ, जीवन उत्तिनै सजिलो हुनेछ ।

हार्ड वर्क

म सधै हार्ड वर्कमा विश्वास गर्छु । मैले त यहि सिकें कि, मिहेनत गरौ, राम्रो फल प्राप्त हुन्छ । मलाई लाग्छ, श्रम हरेक समस्याको समधान हो ।

कतिले मलाई भन्छ, ‘धेरै काम गरेको छौ, पैसा कमायौं, नाम कमायौ, अब किन यतिधेरै मिहेनत गर्छौ ?’

तर, मेरो लागि काम एकदमै जरुरी छ । यदि मैले काम गरिनँ भने म बिरामी हुन्छु । मलाई काम गर्न राम्रो लाग्छ । मलाई काम गर्ने बानी छ ।

बच्चालाई भन्छु, हार्ड वर्क गर

म बच्चालाई सुख सयलमा बस वा श्रम नगर भनेर भन्दिन । आफ्नो बच्चालाई पनि हार्ड वर्क गर्नका लागि प्रेरित गरिरहन्छु । म अहिले जुन स्थानमा छु, त्यो मेरो हार्ड वर्ककै कारण भएको हुँ भनेर भन्ने गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment