Comments Add Comment

श्रीलंकाबिरुद्धको तेस्रो टेष्टमा बलियो स्थितिमा भारत

१९ मंसिर, काठमाडाैं । श्रीलंकाबिरुद्धको तेस्रो टेष्टको चौथो दिन घरेलु टोली भारत बलियो स्थितिमा छ । रविन्द्र जडेजाले दोस्रो इनिङको एकै ओभरमा दुई विकेट झारेपछि ४१० रनको लक्ष्य पछ्याएको श्रीलंका ३१/३ को अवस्थामा छ र उसलाई जितका लागि अझै ३७९ रन आवश्यक छ ।

दोस्रो सेसनको अन्तिममा पाँच विकेट गुमाएर २४६ रन बनाउँदा भारतले इनिङ समाप्तिको घोषणा गरेको थियो । उसका लागि कप्तान बिराट कोहली र रोहित शर्माले अविजित अर्धशतकीय पारी खेले । त्यसअघि शिखर धवन ६७ र चेतेश्वर पुजारा ४९ रन बनाएर आउट भएका थिए ।

पहिलो इनिङमा भारतले ५३६/७ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

पहिलो इनिङमा ३७३ रन बनाएको श्रीलंकाले दोस्रो इनिङको सुरुवाती तीन विकेट गुमाइसकेको छ । चौथो दिनको अन्तिम ओभरमा जडेजाले करुनारत्ने (१३) र सुरंगा लक्मल (०) लाई आउट गरे । मोहम्मद सामीले सामाराविकरामालाई ५ रनमै आउट गरेका तिए ।

डी सिल्भा १३ र एञ्जेलो मेथ्युज ० रनमा अविजित छन् ।

पहिलो टेष्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेष्टमा भारतले एक इनिङ र २३९ रनको जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment