Comments Add Comment

पीएसजीमाथि बार्यन म्युनिखको शानदार जित

२० मंसिर, काठमाडौं । कोरेन्टिन टोलिसोको दुई गोलको मद्दतमा बार्यन म्युनिखनले पेरिस सेन्ट जर्मेनमाथि शानदार जित हात पारेको छ । तर, हेड टु हेडका आधारमा फ्रेन्च क्लब समूह विजेता बन्न सफल भएको छ ।

च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बार्यन म्युनिखले पीएसजीलाई ३-१ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले आठौं मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा टोलिसोले गोल गरेपछि पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।

५० औं मिनेटमा एमबापेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६९ औं मिनेटमा टोलिसोले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यन म्युनिखलाई ३-१ को जित दिलाएका छन् ।

समूह बीमा रहेका दुबै टिमको समान १५-१५ अंक भएको छ । तर, हेड टु हेडले पीएसजीलाई समूह बिजेता बनाएको छ भने बार्यन उपविजेता बनेको छ ।

बार्यनका प्रशिक्षक जेप हेनरिक्सले आफ्नो टिमको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment