Comments Add Comment

कनकाई नदीमा अस्थायी बाँसे पुल

झापाको शिवसताक्षी–७ चन्द्रडाँगी–लालपानीको बीचमा रहेको कनकाई नदीमा बाँसद्वारा निर्मित अस्थायी पुलको उद्घाटन गरिँदै । तस्वीरः विष्णु सुब्बा/रासस

२० मंसिर, झापा । झापाको शिवसताक्षी–७, चन्द्रडाँगी–लालपानीको बीचमा रहेको कनकाई नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको छ ।

चन्द्रडाँगीस्थित वडा कार्यालय र बजारमा आवतजावतमा सहज बनाउन स्थानीयवासी र वडा कार्यालयको संयुक्त पहलमा बाँसे पुल निर्माण गरिएको हो ।

करिब ५० हजारको लागतमा निर्माण गरिएको अस्थायी बाँसे पुलको लम्बाइ ५० मिटरभन्दा बढी रहेको छ ।

नदीमा अस्थायी पुल निर्माण भएपछि त्यस क्षेत्रमा आवतजावत गर्न सहज भएको वडाध्यक्ष नवीन इजमले बताए ।

“यो पुल अस्थायी हो, वर्षात्मा सुरुङ्गा–दूधे मार्ग हुँदै धाउनुपर्ने बाध्यता छँदैछ,” वडाध्यक्ष इजमले भने, “हिउँदको समयमा नदीमा पानी कम हुने भएकाले यस्तो अस्थायी पुल निर्माण गर्नुपरेको हो ।”

सो पुलको वडाध्यक्ष इजमले बुधबारै उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment