Comments Add Comment

लेक लागेर भरियाको मृत्यु

२० मंसिर, सोलुखुम्बु । सोलुखुम्बुको नाम्चेमा लेक लागेर एक युवकको मृत्यु भएकोछ ।

दुकौशीका गाउँपापिका–७ देउसाका २० वर्षीय पूर्णबहादुर राईको ट्रेकिङ जाने क्रममा लेक लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासङ ल्हामु गाउँपालिका–४ गोरक्सेपमा मगंलबार साँझ लेक लागेर बिरामी परेका राईको इलाका स्वास्थ्य चौकी नाम्चेमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

इन्टेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्पको लागि भरियाका रुपमा आएका राईको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment