Comments Add Comment

धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री

२१ मंसिर, धनकुटा । धनकुटा जिल्लामा ६७ वटा मतदान केन्द्रलाई अपांगतामैत्री बनाइएको छ । अपांगता भएका मतदातालाई सहज रुपमा मत खसाल्न दिन अपांगतामैत्री मतदान केन्द्र बनाइएको हो ।

अपांगता भएकै कारण मतदानबाट वन्चित हुन परेको गुनासो आएपछि अपांगतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले बताए ।

कूल एक लाख पाँच हजार १८८ जना मतदाता रहेको धनकुटामा १७३ जना अपांगता भएका मतदाता छन् । धनकुटा जिल्लाका कुल ११७ वटा मतदानस्थल अन्तर्गतका १५३ वटा मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment