+
+
Shares

उपेन्द्र यादवको नयाँ प्रस्तावः संसदको चुनाव सकिएपछि समानुपातिक गरौं (भिडियोसहित)

उल्टोपाल्टो भए पनि निर्वाचन हुनु ठूलो कुरा होः यादव

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २१ गते १२:१४

२१ मंसिर, बिराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बिराटनगरबाट मतदान गरे । मतदानका क्रममा संक्षिप्त प्रतिक्रिया दिने क्रममा यादवले आगामी दिनमा समानुपातिक र प्रत्यक्षतर्फको निर्वाचनसमेत छुट्टाछुट्ै मितिमा गर्नुपर्ने बताए ।

‘यो निर्वाचन सामान्य छ, तर प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक चुनाव एकैचोटि हुँदा मतदाताहरुलाई अलि कठिनाइ र थप समय लागेको देखिन्छ,’ यादवले भने, ‘यसलाई अलग–अलग गर्नुपर्छ आउने दिनहरुमा ।’

सप्तरी २ बाट प्रतिनिधिसभाको चुनाव लडिरहेका यादवले भने– ‘प्रतिनिधिसभाको अलग्गै, प्रदेशसभाको अलग्गै, अनि संसदको चुनाव भइसकेपछि चाहिँ समानुपातिकको चुनाव हुनुपर्छ ।’

अहिलेको चुनाव केही उल्टोपाल्टो भए पनि यसले देशलाई निकास दिने यादवले बताए । उनले भने– ‘अलिकति उल्टोपाल्टो त छ, तथापि के हो भने निर्वाचन हुँदैछ, यो नै ठूलो कुरा हो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?