Comments Add Comment

यी खानेकुरा जसलाई पकाउनु हानिकारक हुनसक्छ

काँचो सेवन गर्दा पौष्टिक तत्व नष्ट हुँदैन

खानेकुरा हामी किन खान्छौ ? सामान्यत यसको जबाफ हो, भोक मेट्न । खानाको सम्बन्ध भोकसँग मात्र छैन । खाना त्यस्तो स्रोत हो, जसबाट शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । हाम्रो शरीरलाई प्रोटिन, क्याल्सियम, कार्बोहाइडेट, फाइबर आदि आवश्यक हुन्छ । यी सबैको स्रोत खाना नै हो ।

त्यसैले खाना खानु भनेको पेट भर्नु मात्र होइन, शरीरका लागि आवश्यक पौष्टिक तत्व परिपूर्ति गर्नु पनि हो ।

खान नजानेर रोगी

भन्ने गरिन्छ, जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर । अर्थात खानेकुरा पौष्टिक तत्वको स्रोत त हो, तर त्यसलाई सन्तुलित ढंगले सेवन गर्नुपर्छ । स्वस्थ्य ढंगले सेवन गर्नुपर्छ । खानेकुरा कसरी, कहिले, कति खाने भन्ने कुराको ज्ञान हुनुपर्छ ।

खानेकुरा पाउनसाथ हामी जथाभावी खाइदिन्छौ । त्यसले पाचन प्रक्रियामा असर गर्छ । कतिपय खानेकुरा शरीरका लागि हानिकारक हुन्छ । कति खानेकुरा आफैमा राम्रो हुन्छ । तर, त्यसलाई अर्को खानेकुरासँग मिश्रण गर्दा त्यो बिषालु बन्छ । यस्ता खानेकुरा र खाने शैलीले हामीलाई रोगी बनाउन सक्छ ।

स्वस्थ्य, सन्तुलित र सुपाच्य

खानेकुरा सन्तुलित हुनुपर्छ । स्वस्थ्य हुनुपर्छ । सुपाच्य हुनुपर्छ । दिनभर सेवन गरिने भोजनमा ति सबै तत्व हुनु आवश्यक छ, जो हाम्रो शरीरलाई चाहिन्छ । यदि त्यसको परिपूर्ति भएन भने हाम्रो प्रतिरक्षा क्षमता कमजोर हुन्छ । प्रतिरक्षा क्षमता कमजोर भयो भने शरीरमा रोगले प्रवेश गर्छ । त्यसैले कमजोरी, रोग आदिसँग जुध्नपनि खाना खानुपर्छ । तर, त्यो स्वस्थ्य, सन्तुलित र सुपाच्य हुनुपर्छ ।

काँचो खानु फाइदाजक

कति फल वा सब्जी हामी पकाएर, भुटेर, उसिनेर खान्छौ । यसरी खाँदा फरक स्वाद त पाउन सकिएला तर, त्यसमा रहेको पौष्टिक तत्व भने पाइदैन ।

सब्जी, फल आदिलाई स्टिम गर्दा, प|mाइ गर्दा त्यसमा रहेको पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले यस्ता खानेकुरा सलादको रुपमा काँचै खानु राम्रो हो । तर, सबै खानेकुराको प्रकृति एकै हुँदैन । कतिपयलाई पकाएर पनि खानुपर्ने हुन्छ । यहाँ काँचो खानुपर्ने फल तथा सब्जीबारे जानकारी दिइएको छ ।

नरिवलः काँचो नरिवलले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । यसमा केहि किसिमको हेल्दी फ्याट रहेको हुन्छ । सुख्खा नरिवलमा यस्तो गुण पाइदैन ।

भेंडे खुर्सानी

भेंडे खुर्सानी भिटामिन सिको एकदमै राम्रो स्रोत हो । अमेरिकाको नेशनल इन्स्िटच्युट अफ हेल्थका अनुसार भेंडे खुर्सानीलाई तीन सय ७५ डिग्रीमाथि पकाउँदा यसमा रहेको सबै न्यूटि्रएन्ट्स नष्ट हुन्छ ।

ब्रोकाउली

ब्रोकाउली भिटामिन सि र क्याल्सियमको राम्रो स्रोत हो । यसमा एक प्रकारको सल्फोराफेन पाइन्छ, जसले रक्तचाप कम गर्छ । साथै मुटुको रोग कम गर्छ । तर, जब यसलाई उसिन्छ वा पकाइन्छ, तब त्यसमा रहेको सल्फोराफेन ७० प्रतिशत कम हुन्छ ।

स्याउ

स्याउ सदाबहार फल हो । सर्बगुणी पनि । यो जुनसुकै अवस्थामा खान मिल्छ । यसमा न्यूटि्रएन्ट्स र मिनरल्स हुन्छ । तर जब स्याउलाई सुखाएर खाइन्छ, त्यो सबै नष्ट हुन्छ । कतिले बच्चा वा बिरामीलाई स्याउ उसिनेर खान दिन्छन्, यसो गर्दा स्याउको क्यालोरी र कार्बोहाइड्रेट बढ्छ । यसले सुगर लेभल बढाउने काम गर्छ ।

अंकुरित गेडागुडी

अंकुरित गेडागुडी स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ । यसमा भिटामिन सि, फाइबर, कपर, म्याग्निशियम पाइन्छ । तर, जब अंकुरित गेडागुडी उसिनेर वा पकाएर खाइन्छ यसको पौष्टिक तत्व नष्ट हुन्छ, खासगरी भिटामिन सि ।

ड्राई फ्रुट्स

कतिले स्वादका लागि ड्राई फ्रुट्सलाई भुटेर वा तारेर खाने गर्छन् । यसले गर्दा त्यहाँ रहेको आइरन, म्याग्नेसियम, फस्फोरस नष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment