शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

चितवनको मतगणना भोलिबाट

सुवास पण्डित

२१ मंसिर, चितवन । बिहीबार मतदान सम्पन्न भएको चितवनमा शुक्रबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ ।

मतदान सकिएलगत्तै बसेको सर्वदलीय बैठकले जिल्लाका सबै क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याइएपछि मात्रै भोलि बिहान ९ बजेपछि मतगणना गरिने सहमति गरेको छ ।

चितवनका सबै मत भरतपुरस्थित चितवन माविमा गरिनेछ । चितवनका विकट पहाडी क्षेत्रबाट मतपेटिका ल्याइँदै गरिएको र आजै रातिसम्ममा सदरमुकाम ल्याइने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्षको उम्मेदवारी रहेका कारण पनि यस क्षेत्रको मतपरिणाममा धेरैको चासो देखिन्छ ।

 

२०७४ मंसिर २१ गते २२:२९ मा प्रकाशित (२०७४ मंसिर २२ गते १:३६मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this