Comments Add Comment

प्रदेशसभामा एमालेले खाता खोल्यो, मुस्ताङ ‘क’ बाट इन्द्रधारा विष्ट विजयी

२२ मंसिर, काठमाडौं । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

मंसिर १० गते सम्पन्न मतदानको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् ।

यसैगरी मुस्ताङको प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनबाट एमाले उम्मेदवार महेन्द्रबहादुर थकालीले अग्रता लिइरहेका छन् भने भने प्रतिनिधिसभा तर्फबाट पनि वाम गठबन्धनकै उम्मेदवारको अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment