२२ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याए ।
यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए ।
मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।
यसअघि मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गरेका थिए ।
यो पनि पढ्नुस्
प्रदेशसभामा एमालेले खाता खोल्यो, मुस्ताङ ‘क’ बाट इन्द्रधारा विष्ट विजयी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4