Comments Add Comment

चिसोमा बर्षा र वुद्दिको छल्किएको प्रेम


नायिका बर्षा सिवाकोटी अहिले चलचित्र ‘भैरे’को छायांकनका क्रममा लोमान्थाङमा छिन् । मौसम निकै चिसो भएकाले छायांकनका लागि पुगेका कलाकारदेखि प्राविधिक विरामी समेत परेका छन् । तर, पनि चलचित्रको छायांकन धमाधम भैरहेको छ ।

१५ दिन अगाडि चलचित्र छायांकनका लागि यसको यूनिट त्यता लागेको हो । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायक दयाहाङ राई शिर्ष भूमिकामा छन् । उनको जोडीको रुपमा नायिका सुरक्षा पन्तले चलचित्रमा काम गरिरहेकी छिन् ।
अनलाइनखबरलाई नायिका बर्षा सिवाकोटी र कलाकार वुद्धि तामाङको तस्बिर प्राप्त भएको छ । हिमाली भेगकी यूवतीको भेषमा देखिएकी बर्षा वुद्धिसँग लजाएकी छिन्, रिसाएकी छिन् ।

यी दुइको रोमान्सले चलचित्रलाई रमाइलो बनाउने देखिएको छ । बर्षा भन्छिन्-‘दर्शकले वुद्धिजी र मेरो जोडीलाई रुचाउनुहुनेछ । जाडो भएपनि हामी मिहिनेतका साथ काम गरिरहेका छौ ।’

यो चलचित्रबाट बर्षा आफ्नो चलचित्र क्षेत्रमा फरक स्थान बन्नेमा पनि ढुक्क छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment