Comments Add Comment

बुद्दिमान कसरी बन्ने ? यस्तो छ अध्ययनको निष्कर्ष

बुद्धिमान हुनुपर्छ । अरुलाई हामी यसै भन्छौं र आफु पनि यस्तै हुने प्रयास गछौं । हामीलाई अग्रज, गन्यमान्नेहरुले आर्शिवाद दिदै भन्छन्, ‘बुद्धिमान हुनु ।’ विद्यालयमा शिक्षकले पढाउँछन्, ‘बुद्धिमान हुनुपर्छ ।’

तर, बुद्धिमान कसरी हुने ?

अझ अर्को प्रश्न, आफु कति बुद्धिमान् भनेर कसरी थाहा पाउने ?

बुद्धिमानीबारे अध्ययन भएको छ । उक्त अध्ययनले बुद्धिमानीलाई तीन किसिमको बताएको छ ।

१. चाल्र्स स्पेयरम्यानको १९०४ मा पहिलो शिद्धान्त आयो, जसअनुसार कुनैपनि व्यक्ति यदि आइक्यु टेस्टमा कसैले राम्रो गर्छ भने, उनीहरुले अरु सबै कुरामा उत्कृष्टता हासिल गर्न सक्छन् । अर्थात एक चिजबाट बुद्धिमान ठहरिएका व्यक्ति हरेक कुरामा बुद्धिमान हुन्छ ।

२. यद्यपी उक्त भनाई विपरित केहि समयअघि हावर्ड विश्वविद्यालयका एक मनोवैज्ञनिक डाक्टर गार्डनरले ‘मल्टिपल इन्टेलिजेन्स’को सिद्धान्त यसको विपरित सिद्ध गरे । उनका अनुसार बुद्धिमानी विश्लेषणात्मक र भावनात्मक सहित आठ प्रकारका हुन्छन् र सबै अलग अलग हुन्छ । यस आठ प्रकारको इन्टेलिजेन्सको बीचमा कुनै सम्बन्ध हुँदैन । कोहि व्यक्ति एउटामा राम्रो हुनसक्छ, कोहि अर्कोमा ।

३. यसपछि डाक्टर रबर्ट स्टर्नबर्गको इन्टेलिजेन्सको सिद्धान्त आयो । यसले बुद्धिमानीलाई तीन भागमा विभाजन गर्‍यो । विश्लेषणात्मक, रचनात्मक र व्यावहारिक ।

बुद्धिमान हुनुको संकेत

माथि उल्लेखित सिद्धान्तमाथि बहस र मन्थन भए । यद्यपी दिमागको शक्तिले यसलाई पूर्ण रुपले परिभाषित गर्न नसकिने भनियो । यसबाट यो सिद्ध भयो कि, यस्तो कुनैपनि सिद्धान्त छैन, जसले बुद्धिमानीको मापन गर्दैन ।

हामीमध्ये कुनै एक व्यक्ति जीवनको एक निश्चित क्षेत्रमा अधिक बुद्धिमान हुन्छ । हरेक व्यक्तिमा केहि न केहि गुण हुन्छ, जसले उसलाई बुद्धिमान बनाउँछ । अतः यहाँ बुद्धिमानीको पाँच संकेत बताइदैछ । यसबाट हामी आफैले परीक्षण गर्न सक्छौ कि, म कति बुद्धिमान् ?

१. ब्याकबेन्चर ?

भारतका पूर्व राष्ट्रपति डा. एपिजे अब्दुल कलामले भन्ने गर्थे, ‘देशको सबैभन्दा तेज दिमाग, कक्षाको आखिरी बेन्चमा बस्नेसँग हुन्छ ।’

हामी सोच्छौ कि कक्षाको अन्तिम बेन्चमा बस्नेले राम्रो स्कोर ल्याउन सक्दैन । यसकारण उनीहरु बुद्धिमान हुँदैनन् । यो विलकुल गलत हो । पहिलो बेन्चमा बस्ने विद्यार्थी कक्षामा हरेक प्रश्नको जबाफ दिन सक्छन् । तर, सबैभन्दा अन्तिम बेन्चमा बस्ने विद्यार्थीले जिन्दगीको हरेक समस्या सल्टाउन जानेको हुन्छ ।

बैज्ञानिक प्रमाण- एक नयाँ अध्ययनबाट थाहा भएको छ कि, जो व्यक्ति एक रुटिनको कामसँगै अर्को काम गर्न सक्छ, उनीहरु सामान्यभन्दा बढी बुद्धिमान हुन्छन् ।

२. किताब पढेर आनन्द 

आफुमा आफै मग्न रहने प्रवृत्ति कतिमा हुन्छ । उनीहरु किताब पढेर रमाउँछन् । यस्ता व्यक्ति स्वंममा खुसी भइरहेका हुन्छन् ।

बैज्ञानिक प्रमाण- कलेजको २ हजार विद्यार्थीमा एक अध्ययन गरिएको थियो । यस अध्ययनमा सिद्ध भयो कि, सानो उमेरमा कितावमा लगाव भएको व्यक्ति बुद्धिमान हुन्छन् । आफुमा आफै मग्न रहने र कितावमा घोत्लिने बच्चा पछि गएर निकै बुद्धिमान् हुन्छन् ।

३. देब्रे हातले लेख्ने

यदि आफ्नो बच्चा दायाँ हातले लेख्दैन भने यो खुसीको कुरा हो । बायाँ हातले लेख्ने बच्चा तुलनात्मक रुपमा बुद्धिमान हुने वताइन्छ ।

बैज्ञानिक प्रमाणः ९० को दशकमा गरिएको एक अध्ययनबाट पाइयो कि, बायाँ हातले लेख्ने व्यक्ति फरक दृष्टिकोण राख्छन् । उनीहरु दुई अलग-अलग वस्तुलाई अर्थपूर्ण बनाउँछ, जो बुद्धिमानीको संकेत हो । बायाँ हातवाला रचनात्मक सोंच भएका हुन्छन् ।

४. सधै चिन्तित

चिन्ता गर्नु आफैमा राम्रो होइन । तर, तनावलाई जब सहि ढंगले उपयोग गरिन्छ भने त्यसले शरीर र मनलाई फाइदा गर्छ । तनाव नराम्रो मात्र हुँदैन, राम्रो पनि हुन्छ । राम्रो तनाव हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छ ।

बैज्ञानिक प्रमाण- इजरायलमा एक रोचक प्रयोग गरियो । प्रतियोगीलाई एक सफ्टवेयर प्रोगामबाट प्रस्तुत गरिएको चित्रकला विश्लेषण गर्नका लागि भनियो र त्यस कम्प्युटरमा नक्कली भाइरस हालियो । तर, उनीहरुले त्यसलाई असली भाइरस सम्भिmए र कम्प्युटरमा आफ्नो गल्तीले भाइरस आएको ठाने । त्यसपछि उनीहरुलाई प्रविधिको साहारा लिनका लागि पठाइयो । यसमा पाइयो कि, जो व्यक्ति अधिक चिन्तित रहन्थे, उनीहरुले यो कामलाई सबैभन्दा राम्ररी र प्रभावकारी ढंगले पुरा गरे ।

५. आसपासका व्यक्तिलाई हँसाइरहने

कतिपयको प्रवृत्ति हुन्छ, हरबखत हाँसो ठट्टा गरिरहने । उनीहरु आफ्ना साथीहरुलाई हँसाइरहन्छ । जब कुनै व्यक्ति आफ्नो समस्या लिएर आउँछ, त्यसलाई समस्याको रुपमा नलिएर त्यो व्यक्तिको हाल हेर्न थालिन्छ । यो एकदमै राम्रो गुण हो । यदि हामी रोमान्टिक एवं ठट्यौली स्वभावका छौ भने, यसले हामी बुद्धिमान भएको संकेत गर्छ ।

बैज्ञानिक प्रमाण- १९९० मा डाक्टर ए माइकल जन्सनले अध्ययन गरेका थिए, जसमा हास्य वा समस्या सुल्झाउने कुशलतामा सोझो सम्बन्ध पाए । अरुलाई हँसाउने क्षमता भएकाहरु समस्या सुल्झाउन पनि माहिर हुने उनको अध्ययनको निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment