Comments Add Comment

काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना अझै सुरु भएन

फाइल फोटो

२२ मंसिर, काठमाडौ । मुचुल्काभन्दा बढी मत खसेपछि रोकिएको काठमाडौं क्षेत्र नं. ५ को मतगणना अझै सुरु हुन सकेको छैन ।

मुचुल्काभन्दा १२ मत बढी भेटिएपछि दिउँसो करिब साढे ३ बजेदेखि मतगणना रोकिएको थियो ।

मुचुल्का अनुसार क्षेत्र नम्बर ५, बुढानिलकण्ठस्थित विष्णुपादुका (क) र बुढानिलकण्ठ सतल (क) को १ हजार १ सय ८५ मत मुचुल्का गरिएको थियो । तर, मतपेटिकामा १ हजार १ सय ९७ मत भेटिएको थियो ।

मुचुल्का भन्दा बढी मत भेटिएपछि उक्त क्षेत्रका कांगे्रस प्रतिनिधिहरुले विरोध जनाएका थिए । उनीहरुले निर्वाचन अधिकारीको लापरबाहीका कारण बढी मत खसेको भन्दै आपत्ति जनाएका हुन् ।

त्यस क्रममा मतगणना हुने क्षेत्रमा केहीवेर तनावको स्थिति उत्पन्न भएको थियो । मुचुल्काभन्दा बढी मत कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनीहरुले आफ्त्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment