२३ मंसिर, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् ।
एमाले नेता भट्टराईको संसदीय चुनावमा यो पहिलो विजय हो ।
२०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं ६ बाट पराजय भोगेका भट्टराई यसपटक गृहजिल्ला ताप्लेजुङबाट चुनाव लडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4