Comments Add Comment

मोरङ-५ मा विनाविभागीय मन्त्री शिवकुमार मण्डल विजयी

२३ मंसिर, मोरङ । मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका छन् ।

विनाविभागीय मन्त्री समेत रहेका मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् ।

मण्डलल २२ हजार ९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याएका छन् ।
संघीयस समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६४९ मत ल्याएका छन् ।

क्षेत्र नं. ५ को नतिजा घोषणा भएसँगै मोरङका ६ वटै क्षेत्रको प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न भएको छ ।
अहिले प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment