Comments Add Comment

चैतमा सार्कका व्यवसायीहरुको जमघट काठमाडौंमा हुने


दक्षिण एशियाली राष्ट्रका व्यवसायीहरुको आगामी चैत ३ गते नेपालमा सभा हुने भएको छ ।  सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि (सीसीआइ)ले काठमाडौंमा ३ दिने उच्च स्तरीय सभा हुन लागेको हो ।

सीसीआइले व्यवसायीक नेतृत्वहरु जमघट गर्दै आयोजना गर्ने यस्तो सभाको छैठौं संस्करण नेपालमा हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा हुने यो सभामा सार्कका मुलुकहरुबाट व्यवसायीहरुले प्रतिनिधित्व जनाउने भएका छन् ।

सार्क सीसीआइका अध्यक्ष समेत रहेका नेपाली व्यवसायी सुरज वैध यसै शिलशिलामा पाकिस्तानमा रहेका छन् । उनले सीसीआई पाकिस्तान च्याप्टरका उपाध्यक्ष इफ्तिकार अलि मलिकसँग शुक्रवार भेट गरेका छन् ।

वैधले आर्थिक वृद्धिको लागि नयाँ नीति बनाउन हतार भइसकेको बताएका छन् । यसपालीको लागि सभाको नारा ‘आर्थिक एकिकरणबाट सम्वृद्धीको बिजारोपण’ भन्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment