Comments Add Comment

इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित

२३ मंसिर, इलाम । इलामको क्षेत्र नं. २ (ख) केन्द्रको स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दल र सो क्षेत्रका उम्मेदवारहरु बीच छलफल भएको तीन घण्टा भएपनि सहमति हुन नसकेपछि मतगणना सुरु हुन नसकेको हो ।

आमचोक, फूएतप्पा, इभाङ, र इरौटारको केही मतदान केन्द्रहरुको मत गणना भइसकेपछि मुचुल्का गरिएको भन्दा ३६ मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको थियो ।

इलामको दुई प्रतिनिधि, चार प्रदेश सभामै वाम गठबन्धनको अग्रता कायमै छ । इलाम क्षेत्र नं. १ प्रतिनिधि सभामा झलनाथ खनालले मतान्तर बढाउँदै लगेका छन् । उनी कांग्रेसका उम्मेद्वार भुपेन्द्र कट्टेलभन्दा ७ हजार ६२४ मतले अघि छन् ।

पछिल्लो परिणाम अनुसार खनालले १६ हजार ७ सय ४६ मत ल्याएका छन् । नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले ९ हजार ३२२ मत ल्याएका छन् ।

यसैगरी क्षेत्र नं. २ मा पनि मतगणना आउँदै गर्दा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले पनि मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २२ हजार ४५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका केशव थापाले १५ हजार ३९२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment