Comments Add Comment

कास्की १ को प्रदेश १ का माअोवादीका कोइराला बिजयी

५ मंसिर, कास्की ।कास्की १ को प्रदेश क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका दीपक कोइराला ‘रुपक’ विजयी भएका छन् । उनले कांग्रेसका जीवन परियारलाई ३ हजार ६ सय ४६ मतान्तरले हराउँदै विजय हासिल गरेका हुन् ।

बिजयी कोइरालाले १८ हजार ७ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका परियारले १५ हजार ८१ मत प्राप्त गरे । पूर्व जनसेनाका कमाण्डर कोइराला संसदीय अभ्यासमा पहिलोपटक उत्रिएपनि उनले निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य परियारलाई पराजित गर्न सफल भए ।

कोइराला निवर्तमान क्रिकेट संघका केन्द्रीय कार्यवाहक अध्यक्ष तथा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment