Comments Add Comment

यी स्वस्थ्यकर खानेकुरा, यसरी खाइयो भने विष समान हुन्छ

‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ, औषधी पनि बिष हुन्छ ।’ नेपाली समाजमा भनाई नै छ । धेरै खानेकुरा स्वास्थ्यवर्द्धक हुन्छ । गेडागुडी, सागपात, ड्रइफ्रुट्स, माछामासु स्वस्थ्यकर नै हुन्छ । यद्यपी यी खानेकुराहरु सहि मात्रामा सेवन गर्नुपर्छ । खानपानमा तालमेल मिलेन भने स्वास्थ्यमा समस्या आउन सक्छ ।

भनिन्छ, खानेकुरा त्यती नै खानुपर्छ, जति हामीलाई आवश्यक हुन्छ । केही खानेकुरा यस्तो हुन्छ, जसको बारेमा हामीले सानैदेखि जान्दै आएका छौ । तर, धेरैलाई थाहा छैन यी खानेकुरा स्वस्थ्यकर त हुन्छ, तर थोरै खाएको अवस्थामा मात्र । यदि यी खानेकुरा धेरै मात्रामा खाइयो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

स्वस्थ्यबर्द्धक खानेकुरा धेरै खाइयो भने स्वास्थ्यलाई हानी पुर्‍याउँछ । के हुन् त ती स्वस्थ्यकर खानेकुरा, जसलाई उचित मात्रामा खानुपर्छ ?

नरिवल पानी

नरिवल पानी हामीकहाँ पनि खाने चलन छ । यसले शरीरलाई हाइड्रेट राख्छ । उर्जा दिन्छ । यसमा भिटामिन र न्यूट्रीयन्ट्सको पनि स्रोत हो । यसलाई सन्तुलित वा कम मात्रामा सेवन गर्दा फाइदाजनक हुन्छ । तर, अधिक मात्रामा पिइयो भने त्यसले शुगर, पोटेशियम लेभल बढाउन सक्छ । साथै तौल पनि बढाउन सक्छ ।

समुन्द्री माछा

यसमा फ्याटी एसिट, प्रोटिन र ओमेगा थि्र अधिक मात्रामा पाइन्छ । यसैले यो स्वास्थ्यका लागि फाइदाजनक छ । यसलमा मेथिलमर्करी हुन्छ, त्यसैले अधिक मात्रामा सेवन गर्दा त्यसले स्वास्थ्यलाई बेफाइदा गर्छ ।

रेड मिट

रेड मिट भिटामिनत, न्यूट्रीयेन्ट्स जस्ता भिटामिन ए, बि, कपर र आइरनको स्रोत हो । तर, यसलाई धेरै मात्रामा सेवन गर्दा न्यूरोलोजिकल परिवर्तन, हड्डी कमजोर हुने जस्ता समस्या हुनसक्छ ।

दालचिनी

दालचिनी स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । किनभने यसले ब्लड शुगर लेभल कम गर्छ । तौल नियन्त्रण पनि गर्छ । दालचिनीमा कौमेरिन पाइन्छ, जसको अधिक सेवनले क्यान्सर समेत लाग्न सक्छ ।

दुध

दुधलाई अमृत समान मानिन्छ । हामीलाई स्वस्थ्य बन्नका लागि दुध खानुपर्छ भन्ने लाग्छ । सहि हो, यसमा क्याल्शियम, भिटामिन डि जस्तो पौष्टिक तत्व पाइन्छ । तर, धेरै मात्रामा दुध पिउँदा यसले हड्डीलाई कमजोर बनाउँछ ।

गोलभेडा

हामी धेरैजसो तरकारीमा गोलभेडा प्रयोग गर्छौ । यसले रंग र स्वाद दुबै बढाउँछ । अचारको रुपमा पनि गोलभेडा प्रयोग हुन्छ । गोलभेडामा भिटामिन, मिनरल्स, पोटोशियम, म्यागनेसियमभ, भिटामिन सि र के पाइन्छ । तर, गोलभेडा अधिक मात्रामा सेवन गरियो भने पेन्त्रिmयाजसँग जोडिएको रोग लाग्न सक्छ ।

केरा

केरा सदावहार र गुणी फल हो । यसमा फाइबर, पोटेशियम, मिनरल्स जस्ता तत्व पाइन्छ । तर, केराको सेवन अधिक मात्रामा गरियो भने यसले शरीरमा पोटाशियमको मात्रा बढाइदिन्छ । यसले हाईपरक्यालेमिया, स्नायु वा मुटु सम्बन्धी समस्या ल्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment