Comments Add Comment

प्रचण्डको बुहारीले चुनाव जित्दै, ज्वाइँ पराजित

२४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुरबाट जित नजिक पुगिरहेका बेला मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट भने छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् ।

कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् ।

तर, मोरङको प्रदेशसभा तर्फ क्षेत्रनम्बर ६ (क) मा प्रचण्डको छोरी ज्वाइँ जीवन आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् । तबदार २३ हजार ५१३ मतसहित निर्वाचित भए । आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ ।

प्रदेशसभा ‘ख’मा पनि कांग्रेसकै उम्मेदवार केदार कार्की ११ हजार २९८ मतसहित निर्वाचित भएका छन् । कार्कीका निकटतम प्रतिस्पर्धी एमालेका रमेश प्रसाद पोखरेलले ८ हजार १२० मत पाए ।

मोरङ क्षेत्रनम्बर २ को प्रतिनिधिसभामा भने वाम गठबन्धनका साझा उम्मेदवार एमालेका लालबाबु पण्डितले कांग्रेसका डा. शेखर कोइरालालाई हराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment