२४ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई निकटम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
ज्ञवालीसँग अंकमाल गर्दै भण्डारीले शुभकामना दिएका हुन् ।
रेसुङ्गा नगरपालिकाले विजयी प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा निकटम
प्रतिद्वन्द्वीबाट सम्मान पाएका नेता ज्ञवालीले भने, ‘अघि बिहानसम्म हामी पक्ष र विपक्षमा थियौं, तर अब कोही पक्ष र विपक्ष छैनौं । देश वनाउने मामिलामा हामी संगै छौं ।’
उनले लोकतन्त्रमा हार र जित स्वभाविक भएको भन्दै कोही बढी उत्साहित र कोही बढी निरास हुन नहुने बताए ।
जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4