Comments Add Comment

एमालेका कान्छा जिल्ला अध्यक्षले रोके कांग्रेस नेता जोशीको अपराजित यात्रा

पर्वतका सबै सिटमा वाम गठबन्धनको विजय

२४ मंसिर, पर्वत । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभा सबै सिटमा वामपन्थी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पर्वतबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन् ।

एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गरेका छन भने पराजित जोशीले २६ हजार ८ सय १९ मत पाएका छन । गिरी एमालेका कान्छा जिल्ला अध्यक्ष हुन् ।

यसैगरी, प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी विजयी भएका छन । प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पूर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचित अधिकारीले २१ हजार ५ सय ८ मत प्राप्त गरेका छन् भने पराजित हुन पुगेका नेपाली गुरुङ्गले १६ हजार ६८५ मत प्राप्त गरेका छन् । गुरुङ्ग यो निर्वाचनमा पराजित भएपछि हारको ह्याट्रिक बन्न पुगेको छ । उनी २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भएका थिए भने ०७० मा पर्वत क्षेत्र नं. २ मा पनि पराजय भोगेका थिए ।

यसैगरी, प्रदेशसभा २ मा एमालेका प्रदेश कमिटी सदस्य विकास लम्साल बिजयी भएका छन् । लम्सालले नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधि रहेका राजेन्द्र तिवारीलाई २ हजार १६६ मत अन्तरले पराजित गरेका हुन् ।

प्रदेशसभा सदस्यमा विजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने पराजित भएका तिवारीले १३ हजार ३५२ मत प्राप्त गरेका छन् । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment